पूर्वमन्त्री दिनबन्धु श्रेष्ठ कांग्रेस केन्द्रीय सदस्यमा भिड्दै

Breaknlinks
Breaknlinks

कर्णाली प्रदेशका पूर्वउर्जा विकास तथा जलस्रोत मन्त्री दिनबन्धु श्रेष्ठले नेपाली कांग्रेसकाे केन्द्रीय सदस्यमा लड्ने भएका छन्।

१४ औं महाधिवेशन शुक्रबारदेखि सुरु भएको छ। पिछडिएकाे क्षेत्रबाट उम्मेदवारी दिएका उनी निर्वाचित हुनेमा आशावादी छन्। 'पार्टी गतिविधि र सक्रियता देशभरका साथीहरुले देख्नु भएकै छ,' उनले भने, 'उहाँहरुले राम्राे मूल्यांकन गर्नुहुनेमा आशावादी छु।' 

कांग्रेस कर्णाली प्रदेश सरकारमा सहभागी भएपछि मन्त्री बनेका श्रेष्ठकाे छवि उचाे छ। उनी लामाे राजनीतिक पृष्ठभूमि बाेकेकाे परिवारका सदस्य हुन्। 

बुबा भीमप्रसाद श्रेष्ठकाे प्रेरणाले सक्रिय राजनीतिमा आएका उनी सरल जीवन अपनाउने नेतामा पर्छन्। 

पार्टी गतिविधिमा जिल्लामा हाेस् या बाहिर उनी जनताकाे सेवाका लागि सदैब हाजिर हुने नेता हुन्।

सांसद नहुँदा पार्टी कार्यकर्तामाझ हुने उनी सांसद र सत्तामा हुँदा सँधै जनताकाे बीचमा असल प्रतिनिधिकाे भूमिकामा रहे।

'म संसद सदस्य हुँदा जनताकाे साझा सेवक हुँ,' उनले भने, 'सरकारी भूमिका बेगरकाे समयमा पार्टीको विचार र सिद्धान्त प्रचार गर्ने एक कार्यकर्ता हुँ।'

कर्णालीका पहिलाे मूख्यमन्त्री महेन्द्रबहादुर शाहीकाे सरकारमा निकै छाेटाे समयका लागि मन्त्री भएका उनले उल्लेख्य उपलब्धि हासिल गरेका छन्।

उनी प्रदेशकाे उर्जा विकास तथा जलस्रोत मन्त्री हुँदा कर्णाली बाढीपहिरोकाे चपेटामा परिरहयाे। 

त्यसेबलाकाे उनकाे सक्रियता तारिफ गर्न याेग्य छ। जाेखिमका बीचमा पनि उनी पीडित जनताकाे घाउमा मलम लाउन आफै पुगे। 

नजिकै सरकार हुनुकाे फाइदा भनाैं वा उनकाे हलुका स्वभाव, राहत उपलब्ध गराउने र पुनःस्थापन गर्न कुनै कसुर बाँकी राखेनन्। 

असाेज ३१ गतेबाट देशभर परेकाे अविरल वर्षाले कर्णालीमा ठुलाे मात्रामा धनजनकाे क्षति गर्दा विछिप्त जनतालाई भराेसा दिलाउन उनी सक्रिय रहे। 

वर्षाले क्षति भएकाे सुन्ने बित्तिकै उनकाे सक्रियता बढ्याे। उनले मन्त्रालय मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिएर खानेपानी तथा सिंचाइका समस्याहरु तत्काल समाधान गर्न निर्देशन दिए। 

उनकाे निर्देशन अनुसार कार्यालय प्रमुखहरु सक्रिय हुँदा प्रदेशका बाढीपीडितले तत्काल राहतकाे महशुस गर्न पाए।

बाढीपहिराेले जुम्लाकाे तिला गाउँपालिका-४ र तातोपानी गाउँपालिका -४ दुई वडामा सबैभन्दा बढी क्षति हुन पुग्याे।

कृषि विकास कार्यालयकाे तथ्यांकअनुसार बाढीले २१ हेक्टर जमिन अब कहिले प्रयाेग नहुने गरी बगाएको छ भने ८३९ जना किसान प्रभावित बनेका छन्।

जिल्ला प्रशासन कार्यालय जुम्लाले संकलन गरेकाे तथ्यांकअनुसार १० वटा स्कुलमा क्षति पुगेकाे छ। २३ वटा सिंचाई आयाेजना पूर्ण र आंशिक रुपमा भत्किएका छन्।

१० वटा विद्युत गृह बगेका छन् भने १० वटा तटबन्धन भत्किएका छन्। त्यस्तै ४ वटा निजी आवास पूर्ण रुपमा क्षति भएको छ भने ४३ वटा घरमा आंशिक क्षति हुन पुगेको छ। १०० वटा पानी घट्ट बग्दा पीडितलाई कुटानी पिसानीमा समस्या आएकाे छ।

क्षति भएकाे क्षेत्रमा पुगेर जनतालाई जतिसक्दो चाँडाे पुनःस्थापन गर्ने वचन दिएर उनी हिडेपछि उनले सक्दाे राहत दिने कार्यक्रम ल्याए।

त्यही बीचमा भएकाे पार्टीको अधिवेशन र सरकार परिवर्तनले उनले थप काम गर्न पाएनन्। 'तर पार्टीको अधिवेशन सकिएर सदन सुरु भएपछि मैले जनतासँग गरिएकाे बाचा पुरा गर्छु,' उनले भने।

उनी मन्त्री नबन्दा पनि चर्चामा आइरहेका पात्र हुन्। राजनीतिक स्वार्थभन्दा माथि उठेर जनताकाे हितलाई प्राथमिकता दिने बानीकै कारण उनी विपक्षीहरुका समेत प्रिय नेता पर्छन्।

कर्णाली प्रदेशकाे लेखा समितिका सभापति हुँदा उनले महत्त्वपूर्ण गतिविधि गरे। तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले रारामा पुगेर कर्णाली भ्रमण वर्षकाे उद्घाटन गर्दा उनले त्यहाँ भएकाे भ्रष्टाचारकाे विना पक्षपात छानबिन गरेका थिए।

प्रदेशका तामाम सीमाहरुका बीचबाट उनले गरेका काम तारिफगाेग्य छन्। मन्त्री बनेपछि पनि त्यसरी नै सक्रिय हुँदा उनकाे आश मान्नेहरुकाे जमात बढेकाे छ। 

प्रदेश सरकारमा सामेल भएका अन्य पार्टी र मन्त्री तथा सत्ता साझेदारीमा असंलग्न सांसदहरुसँग समेत समन्वय गर्ने गरेकै कारण विवादकाे चाैघेराबाट उम्कन सकेका छन्। 

समग्रमा जनतामाझ जान सक्ने उनी पार्टीको केन्द्रीय समितिमा निर्वाचित भएपछि व्यापक जनताकाे बीचमा गएर संगठन सुदृढ गर्न सकिनेमा विश्वस्त छन्।

'मलाई जनताकाे बीचमा जाने बानी परेकाे छ। जिम्मेवारी थपिए गतिविधि गर्न सकिने विश्वास सहित उम्मेदवारी दिन लागेकाे हुँ,' उनले भने, 'मलाई पार्टीका साथीहरुले विश्वास गरेर निर्वाचित गराउनु हुनेमा शंका छैन। त्यसपछि म उहाँहरुकाे विश्वास टुटाउँदिन।'

प्रकाशित मिति: : 2021-12-11 09:17:00

प्रतिकृया दिनुहोस्