'टाइटल रेस'को आर्मी र 'नयाँ कम्बिनेसन'को च्यासल

पहिलोपोष्ट

काठमाडौँ

शहीद स्मारक ए डिभिजन उपाधिको प्रवल दावेदार मानिएको त्रिभुवन आर्मी फुटबल क्लबले जारी लिगमा सोचेजस्तो प्रदर्शन गर्न सकेन। लिगको पहिलो खेलमा नेपाल पुलिस क्लबसँग १-१ को बराबरी खेलेको आर्मीले दोस्रो खेलमा लिगको साविक विजेता मछिन्द्र क्लबसँग गोलरहित बराबरी खेल्यो। पछिल्लो खेलमा ब्रिगेड व्वाइजलाई १-० ले हराएपछि लिगमा आर्मीले आफ्नो पहिलो तीन अंक जोडेको थियो। योसँगै आफूहरु टाइटल रेसमा अघि बढेको अनुभव भएको थियो आर्मीका प्रशिक्षक नविन न्यौपानेलाई।

‘३ अंक महत्वपूर्ण थियो। टाइटल रेसमा अघि बढेजस्तो महसुस भएको छ। तर, स्ट्राइकिङ जोनमा अझै समस्या छ’, प्रशिक्षक न्यौपानेले भनेका थिए, ‘खेलमा अवसरहरु धेरै बनायौं त्यो महत्वपूर्ण हो। यसअघिको खेलहरुमा अवसर बनाउन सकिएको थिएन। अझ सुधार्दै लैजाने छौं। खेलाडीको प्रदर्शनबाट खुशी छु।’

आज चौथो चरणको खेलमा आर्मीले बलियो प्रतिस्पर्धी च्यासल युथ क्लबसँग भिड्दैछ। र, आर्मीले स्पस्ट तीन अंक लिने लक्ष्य राखेको आर्मीका सहायक प्रशिक्षक राजु तामाङले बताए।

प्रकाशित मिति: : 2021-12-10 10:48:00

प्रतिकृया दिनुहोस्