कानूनी अज्ञानताले उजाडिएको एउटा परिवार

स्याङ्जाको गाउँमा एकजोडीको बालविवाह भयो ! युवक जेल परे, छोरालाई १८ वर्ष कैद भएको सुनेर बिरामी आमा चिन्ताले बितिन् । युवक जेल परेपछि किशोरीको दोस्रो विवाह पनि सफल भएन । उनले आत्महत्या गरिन् ।

अनलाइनखबर

काठमाडौँ

‘बिहेवारी बीस वर्ष पारि’ भनेको छ कानूनले। तर कानून पालना गर्ने धेरै जना यो मामिलामा अनभिज्ञ छन्। कानूनको अज्ञानता क्षम्य हुँदैन भन्ने सिद्धान्त नै छ। कानूनको अनभिज्ञताले परिवार उजाडिन पुगेको उदाहरण पनि भेटिएको छ।

समुदायलाई कानूनी साक्षरता सम्बन्धी चेतना नफैलाउने हो भने समाजलाई सुव्यवस्थित गर्न बनाइएको कानूनले कस्तोसम्म विघटनको अवस्था ल्याउँछ र विषयको गम्भीरता नबुझ्दा, नियतवश कसुर नगर्दा पनि कानूनी र परिस्थितिजन्य अवस्थाले मानिसहरू जेल पुग्छन् भन्ने एउटा उदाहरण छ स्याङ्जा जिल्लाको वालिङमा।

वालिङ बजार नजिकै माझी समुदायको बसोबास रहेको एउटा गाउँ छ। यो समुदायका लागि जनता आवास कार्यक्रमले एकै प्रकारका घरहरू निर्माण गरेर हस्तान्तरण गरेको छ। स्थानीय आँधीखोला र अन्य सहायक नदी तथा खोलाहरूमा माछा मार्ने पुख्र्यौली पेशा भए पनि आजभोलि यहाँका माझीहरूमध्ये धेरैले यो पेशा छाडेका छन्। ज्याला मजदूरी, मिस्त्री, कसैको घरमा सहयोगी र अरूको भारी बोक्ने जस्ता काम गरेर उनीहरूको जीविकोपार्जन भइरहेको छ।

प्रकाशित मिति: : 2021-12-09 15:34:00

प्रतिकृया दिनुहोस्