यी व्यक्ति, जसलाई धमेद्रले रुचाउँदैनन !

News18.com
News18.com

बलिउडका चर्चित अभिनेतामध्येका एक हुन्–धमेन्द्र सिंह देवल। जो बलिउड इन्डस्ट्रीमा नाम कमाउन सफल भए। धेरैले उनलाई उनको सफलतामा साथ दिएका छन् भने त्यस्ता व्यक्ति पनि छन् जोसँग उनको खटपट भएको छ। उनी आफ्नो दोस्ती र दुश्मनी नै मनबाट निभाउछन्।  इन्डस्ट्रीमा त्यस्ता पनि छन् जसले धमेन्द्रलाई देख्न सक्दैनन्। उनलाई यी व्यक्तिले रुचाउँदैनन्। 

मनमोहन देसाई
मनमोहन देसाई र धमेन्द्रले एकसाथ ‘धरम वीर’ फिल्म बनाएका थिए। जुन निकै हिट भयो। तर यी दुईजना तब दरार आयो जब धमेन्द्रले देसाईको फिल्म ‘अकबर एन्थोनी’ मा खेल्नका लागि अस्विकार गरे।  

यश चोपड़ा
फिल्म ‘डर’ मा सनी देवलको भूमिकाले फिल्म फेयरकोतर्फबाट साइड एक्टरको अवार्ड दिएको थियो। तर धमेन्द्रलाई त्यो कुरा मन परेन कि उनको छोरालाई साइड एक्टर बनाएको। 

देवानन्द
कुनै समयमा देवानन्द र हेमा मालिनीको फिल्महरु खूबै हिट हुने गथ्यो। जहाँ धमेन्द्र सुरुवाती दिनहरुमा त्यति चर्चित थिएनन्। हेमाले देवानन्दसँग काम गर्न धमेन्द्रको फिल्मलाइए समेत ‘रिजेक्ट’ गरेकी थिइन्। 

जीतेन्द्र
जीतेन्द्र र धमेन्द्रको मित्रता हेमाको कारण टुटेको थियो। यी दुईले नै हेमालाई प्रेम गथे। तर पछि उनले धमेन्द्रलाई खोजिन्। त्यसैकारण यीनीहरु एकअर्कालाई रुचाउँदैनन्। 

सुभाष घई
सुभाष घईले हेमा मालिनीको एक ‘स्वीमिंग पूल’  सीनको लागि ‘बिकनी’  लगाउनका लागि भनेका थिए। तर हेमाले अस्विकार गरिन्। तर उनले ड्रेस लगाएर सीन गरिन्। जसकारण  धमेन्द्रले सुभाषलाई थप्पड हाने। 

ऋषिकेश मुखर्जी
ऋषिकेश मुखर्जीसँग धमेन्द्र यति धेरै रिसाएका थिए कि उनले रातमा रक्सी पिएर ‘मातिएको’ अवस्थामा फोन गरेका थिए। अनि गाली गरेका थिए। किनकी ऋषिकेशले  ‘आनन्द’ फिल्मको कहानी सुनाएका थिए तर त्यसको ‘रोल’ भने राजेश खन्नालाई दिएका थिए।

प्रकाशित मिति: : 2021-12-09 13:14:00

प्रतिकृया दिनुहोस्