नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन

File Photo
File Photo

नेप्सेले बिहीबार दुई कम्पनीको सेयर मूल्य समायोजन गरेको छ। नेप्सेले बिहीबार स्वाभिमान लघुवित्तको ३२ दशमलव ३० प्रतिशत र आईसीएफसी फाइनान्सको १० प्रतिशत बोनस सेयर समायोजन गरेको हो।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीहरुको सेयरमूल्य समायोजन गरेको हो। बुधबार स्वाभिमान लघुवित्तको शेयरमूल्य २ हजार ५४० रुपैयाँ र आईसीएफसीको ७०३ रुपैयाँ ८० पैसामा अन्तिम कारोबार भएको थियो।

स्वाभिमान लघुवित्तको बोनस सेयर समायोजनपछिको मूल्य नेप्सेले १९१९ रुपैयाँ ८८ पैसा निर्धारण गरेको छ।

लघुवित्तले गत वर्षको नाफाबाट ३२ दशमलव ३० प्रतिशत बोनस सेयर र कर तिर्न एक दशमलव ७० प्रतिशत नगद लाभांश वितरण गर्न ८ पुसमा साधारणसभा बोलाएको छ। सभा दिउँसो १ बजेदेखि भर्चुअलमाध्यमबाट हुने कम्पनीले जनाएको छ।

त्यस्तै, आईसीएफसी फाइनान्सको बोनस सेयर समायोजनपछिको मूल्य ६३९ रुपैयाँ ८२ पैसा निर्धारण भएको छ।

फाइनान्सले गत वर्षको नाफाबाट १० प्रतिशत बोनस र कर प्रयोजनसहित चार प्रतिशत नगद लाभांश वितरण गर्न ५ पुसमा साधारणसभा आह्वान गरेको छ। सभा आम्रपाली ब्यांक्वेट, थिरबम सडक भाटभटेनी काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ।

प्रकाशित मिति: : 2021-12-09 11:49:00

प्रतिकृया दिनुहोस्