सानुको पुस्तकालय

सेतोपाटी

सबिना श्रेष्ठ

ललितपुर, मानभवनस्थित 'ब्रिटिस गुर्खाज' सँगै चारतले हरियो घरको तल्लो तलामा एउटा पुस्तकालय खुलेको छ- सानुको पुस्तकालय।

एक महिनाअघि सञ्चालनमा आएको यो पुस्तकालय एउटा परिवारले आफ्नी कान्छी सदस्यको नाममा खोलेको हो। ती कान्छी सदस्यलाई सबैले घरमा 'सानु' भनेर बोलाउँथे। उमेरले २८ वर्ष भए पनि उनी घरकी सबभन्दा सानी थिइन्।

उनै सानुको एक वर्षअघि निधन भयो जसको सम्झनामा यो पुस्तकालय सञ्चालनमा आएको हो।

‘सानु बितेपछि म र मेरो परिवारलाई सुरूमा एकदमै गाह्रो भयो। त्यो दुखद घडीमा किताबले हामीलाई केही सहज वातावरण दियो,’ सानुकी दिदी प्रियन्सा सिलवालले भनिन्।

३३ वर्षीया प्रियन्सा छाउनीको सैनिक अस्पतालमा नाक–कान–घाँटीका डाक्टर हुन्। उनी पुस्तकालयमा बस्ने समय काम सकेर फर्किएपछि हो। धेरैजसो समय उनकी आमा, बुवा र एक जना कर्मचारी यहाँका किताब र पाठकको निगरानीमा खटिन्छन्।

प्रकाशित मिति: : 2021-12-08 20:10:00

प्रतिकृया दिनुहोस्