पोखरा क्षेत्रमा गोर्खा इको प्यानलको बिक्रीवितरण पोखरा विन्ध्यवासिनी टेड्सबाट हुने

पोखरा र त्यस आसपासका क्षेत्रमा गोर्खा इको प्यानलको विक्रीवितरण पोखरास्थित पोखरा विन्ध्यवासिनी टेडर्सबाट हुने भएको छ। 

यसका लागि गोर्खा इको प्यानल र पोखरा विन्ध्यवासिनी टेडर्सवीच पोखराको हलचोकस्थित गोर्खा इको प्यानलबाट बनेको नवनिर्मित एक होटेलमा एक कार्यक्रमवीच समझदारीपत्रमा हस्ताक्षर गरिएको छ। 

समझदारीपत्रमा गोर्खा इको प्यानलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) इन्जिनियर सुरेश कवां र पोखरा विन्ध्यवासिनी टेडर्सका निर्देशक धर्म विष्टले हस्ताक्षर गरेका छन्। 

हस्ताक्षरसँंगै अब पोखरा र त्यस आसपासका क्षेत्रमा गोर्खा इको प्यानलको बिक्रीवितरण बढ्ने विश्वास गरिएको छ। यसअघि पनि पोखरा र त्यस आसपासका विभिन्न जिल्लाहरुमा गोर्खा इको प्यानल लोकप्रिय थियो। 

पोखरा आसपासका हिमाली जिल्लाहरु मनाङ, वाग्लुङ, मार्दीलगायतका ठाउँंहरुमा गोर्खा इको प्यानलको प्रयोग गरी अस्पताल, स्वास्थ्य चौकी, स्कुल भबनहरु बनेका थिए। 

यसअघि पनि पोखरामा गोर्खा इको प्यानल अर्के टेडर्सबाट विक्रीवितरण हुने गर्दै आएको थियो। तर अहिले पोखराका लागि गोर्खा इको प्यानल विक्रीवितरण गर्ने वितरक परिवर्तन गरी पोखरा विध्यवासिनी टेडर्ससँंग समझदारी गरी गोर्खा इको प्यानलको विक्रीवितरणको जिम्मेबारी उसैलाई सुम्पिएको हो।

गोर्खा इको प्यानल बाहिरी तथा भित्री पार्टेशन वालको रुपमा प्रयोग हुने नयाँं निर्माण सामाग्री हो। यो हलुका हुनुका साथै भूकम्पप्रतिरोधी पनि छ। यसका अनेक विशेषताका कारण हिजोआजा यो देशभरि नै लोकप्रिय छ। यही कारण यो निर्माण सामाग्री देशभरि नै विक्रीवितरण भइरहेका छन्। 
गोर्खा इको प्यानल नेपालमै पहिलोपल्ट निर्मित निर्माण सामाग्री हो।

आइसएसओ सर्टिफाइ प्राप्त इन्टरनेशनल ग्रीन डेभलपर्स नेपाल प्रालिबाट गोर्खा इको प्यानल उत्पादित छ। ‘निर्माण सामाग्रीमा हरित क्रान्ति’ भन्ने मुल नाराका साथ यसले वातावरणमैत्री रुपमा निर्माण सामाग्री उत्पादन गर्दै आएको छ। यसको मुख्य कर्पाेरेट अफिस अरनिको राजमार्ग अन्तर्गत भक्तपुरको मध्यपुर थिमि राधेराधेमा अवस्थित छ।

प्रकाशित मिति: : 2021-12-08 18:20:00

प्रतिकृया दिनुहोस्