पद्‍मा अर्याललाई प्रश्न : ज्ञानेन्द्र र कमल थापालाई पनि एमालेमा भित्र्याउने ?

रातोपाटी

फणिन्द्र नेपाल

 

पूर्व मन्त्री एवं स्याङ्जाकी सांसद पद्मा अर्याल नेकपा एमालेमा चाँडै माथि पुग्न सफल भाग्यमानी नेतृ हुन्। चितवनमा हालै सम्पन्न दसौँ महाधिवेशनबाट अर्याल आफूभन्दा सिनियरहरूलाई पछि पार्दै सचिव बन्न सफल भएकी छिन्। पार्टीका ७ जना सचिवहरूमध्ये अर्याल एक हुन्। 

अध्यक्ष केपी ओलीको रोजाइमा परेपछि अर्याल संस्थापन पक्षको प्यानलमा परेकी थिइन्। यही कारणले गर्दा उनले टङ्क कार्की र भीम आचार्यलाई पछि पार्दै पार्टीको पदाधिकारीमा आफूलाई स्थापित गरिन्।

केपी ओली नेतृत्वको सरकारमा हुँदा भूमि व्यवस्था मन्त्रीको हैसियतले उनले नयाँ नेपालको नक्सा निर्माणमा भूमिका खेलेकी थिइन्। यो कारणले पनि ओलीले उनलाई पार्टी नेतृत्वमा पिकअप गरेका हुन्। यसैले गर्दा डा. शिवमाया तुम्बाहाम्फे, बिन्दा पाण्डेजस्ता नेतृहरू भन्दा अर्याल नै ओलीको रोजाइमा परिन्। यसो हुनुमा उनी स्याङ्जाबाट प्रत्यक्ष निर्वाचित सांसद हुनुले पनि भूमिका खेलेको हुन सक्छ। 

प्रकाशित मिति: : 2021-12-08 17:05:00

प्रतिकृया दिनुहोस्