म्यान्मार सेनाको क्रूरताः ११ जनालाई बाँधेर जिउँदै जलाइयो [भिडियाेसहित]

सुधा अत्रि

रंगुन, म्यान्मार

म्यान्मारको सत्ताधारी सेनाले उत्तरपश्चिमी सगाइँ क्षेत्रमा ११ जना सर्वसाधारणको हत्या गरेको छ।

एकै बस्तीका स्थानीयहरूलाई मंगलबार बिहान बाँधेर जिउँदै जलाएर हत्या गरेकाे अधिकारीहरूले बताएका छन्।

मौय्वा–पतेइँ सडकमा गएरातिदेखि सैनिक परिषद्को घुम्ती समूहमाथि आक्रमण भएको थियो। सैन्य उच्च अधिकारीहरूसहितको समूहले एकाबिहानै सडक छेउका गाउँ–बस्तीमा छापा मारेको रंगुन टाइम्सले जनाएको छ।

डोन ताव गाउँका उनीहरूमाथि सेनाले आक्रमण गर्न थालेपछि भाग्ने प्रयास गरे। तर सकेनन्। उनीहरू सैनिक आतंकले सुत्न पाएका थिएनन्। स्थानीयकाअनुसार ती मानिसहरू भोकभोकै हिँड्दा भाग्नै सकेनन्।

मृतकहरू सालिङ्गी गाउँपालिकाको डोन ताव गाउँबाहिरकाे पालमा बस्ने स्थानीय मजदुरहरू हुन्।

सैनिकहरू बिहान ८ बजेतिर श्वे ताउङ पहाडबाट तल्लो गाउँ ओर्लिएको थिए। कतिपय गाउँलेहरू भाग्न खाेज्दै थिए तर सेनाले छानविन गर्न छाडेन।

११ जनालाई जलाउनुअघि सेनाले पिन्डया गाउँको शीरमा एक जना स्थानीयलाई गोली हानी हत्या गरेकाे थियो। त्यसपछि सैनिकहरू भारी हतियारसहित फायरिङ गर्दै घर–घरमा प्रवेश गरे।

डोन ताव गाउँ छिरेपछि सेनाले ११ जना निर्दोष नागरिकलाई एकैठाउँमा बाँधेर जिउँदै जलाएर हत्या गरेको रंगुन टाइम्सको दाबी छ।

‘गाउँ छाडेर हामीले ह्वीन ताउङ तैनाथ भयौं,’ एक स्थानीयले भने, ‘गाउँलेहरू सबै भागेका छन्।’ काइङ तव बस्तीका एक स्थानीय बासिन्दाका अनुसार सैनिकहरूले मारिनेहरूको चिच्याहट पनि सुनेन्।

प्रकाशित मिति: : 2021-12-07 16:27:00

प्रतिकृया दिनुहोस्