अन्नपूर्ण पोष्ट
नेकपा एमाले र केपी शर्मा ओलीको राजनीतिक छलाङ नारायणी किनारबाट देश विदेशमा तरंगित भइरहेको छ। २०७८ मंसिर १० गते नारायणी नदी किनारबाट नेकपा एमालेको १०औं महाधिवेशनका विचारहरू विचरण गर्दै कैयन माइल परसम्म बग्दै अघि बढिरहेको छ। त्यहीं दिनबाट सलह जसरी पूर्वपश्चिम राजमार्ग हुँदै एमाले र केपी ओलीका बयानले नेपालको राजनीतिक आकाश ढाकिरहेको छ।
विचार र राजनीतिले ढाकेको त्यो दिनपछि जितेको मान्छे हराउन मतपत्र च्यात्ने इतिहासलाई पनि चितवनले बिर्सिदिएको छ। स्वाभिमानी र इमानको राजनीति सिकेको चितवनले लाखौंलाख आगन्तुकलाई स्वागत गर्न पाउँदा हर्षविभोर छ। जब–जब आगन्तुकहरू चितवनको त्यो नदीकिनार नजिक पुग्दै थिए। झन्झन् हर्षित हुँदै थिए। अधिक भीडको कोचाकोच, भोक, प्यास र अनेक दुःखलाई भुलिरहेका थिए। सबैजसोले एकतमास नारायणी किनारको भव्य मञ्चतिर खुसीका दृष्टि तेस्याइरहेका थिए।
लाखौँ मध्ये केहीकेहीलाई सोधियो, ‘तपाईं किन यहाँ ?’ जवाफ थियो, ‘केपी ओली हेर्न।’ समकालीन नेपाली राजनीतिमा केपी शर्मा ओली नेतृत्वको एमालेको अपरिहार्यतालाई त्यो लाखौं भीडले मागिरहेको थियो। त्यो दिनले ओली र एमाले विश्व राजनीतिमा एउटा रोचक इतिहास रच्योे। विभिन्न अन्तर्राष्ट्रिय आमसञ्चार माध्यमहरूले त्यो दिनबारे गरेको बयानले उक्त दावालाई पुष्टि गर्छ। अझ भन्नुपर्दा पुँजीवादको प्रचारक माध्यमहरूको रिपोर्टहरूले नै ओली र एमालेलाई जोडेर मार्क्सवादको जरासम्म समीक्षा गर्यो।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया