अन्नपूर्ण पोष्ट
नेकपा एमाले र केपी शर्मा ओलीको राजनीतिक छलाङ नारायणी किनारबाट देश विदेशमा तरंगित भइरहेको छ। २०७८ मंसिर १० गते नारायणी नदी किनारबाट नेकपा एमालेको १०औं महाधिवेशनका विचारहरू विचरण गर्दै कैयन माइल परसम्म बग्दै अघि बढिरहेको छ। त्यहीं दिनबाट सलह जसरी पूर्वपश्चिम राजमार्ग हुँदै एमाले र केपी ओलीका बयानले नेपालको राजनीतिक आकाश ढाकिरहेको छ।
विचार र राजनीतिले ढाकेको त्यो दिनपछि जितेको मान्छे हराउन मतपत्र च्यात्ने इतिहासलाई पनि चितवनले बिर्सिदिएको छ। स्वाभिमानी र इमानको राजनीति सिकेको चितवनले लाखौंलाख आगन्तुकलाई स्वागत गर्न पाउँदा हर्षविभोर छ। जब–जब आगन्तुकहरू चितवनको त्यो नदीकिनार नजिक पुग्दै थिए। झन्झन् हर्षित हुँदै थिए। अधिक भीडको कोचाकोच, भोक, प्यास र अनेक दुःखलाई भुलिरहेका थिए। सबैजसोले एकतमास नारायणी किनारको भव्य मञ्चतिर खुसीका दृष्टि तेस्याइरहेका थिए।
लाखौँ मध्ये केहीकेहीलाई सोधियो, ‘तपाईं किन यहाँ ?’ जवाफ थियो, ‘केपी ओली हेर्न।’ समकालीन नेपाली राजनीतिमा केपी शर्मा ओली नेतृत्वको एमालेको अपरिहार्यतालाई त्यो लाखौं भीडले मागिरहेको थियो। त्यो दिनले ओली र एमाले विश्व राजनीतिमा एउटा रोचक इतिहास रच्योे। विभिन्न अन्तर्राष्ट्रिय आमसञ्चार माध्यमहरूले त्यो दिनबारे गरेको बयानले उक्त दावालाई पुष्टि गर्छ। अझ भन्नुपर्दा पुँजीवादको प्रचारक माध्यमहरूको रिपोर्टहरूले नै ओली र एमालेलाई जोडेर मार्क्सवादको जरासम्म समीक्षा गर्यो।
अमेरिकामा नेपाली विद्यार्थी घटेर ३३,७३५ मा सिमीत
बालेनलाई ढाल बनाएर ओलीलाई रविको ‘चेकमेट’
भाद्र २३ गराएर २४ मा देश जलाउने आधार बनाउनेलाई दण्डित गर्नैपर्छ
जनताले प्रदेश सभामै अस्वीकार गरेका ललितजंगलाई पार्टीले पुर्यायो राष्ट्रिय सभा
‘बौद्ध दर्शन प्रवर्द्धन तथा गुम्बा विकास समिति’को अध्यक्षमा निग्मा कुन्क्याप नियुक्त, को हुन् उनी?
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया