प्रहरी नियमावली संशोधनः पदकको अंक ज्येष्ठतामा थपियो, जवानलाई १६ वर्षमा पेन्सन !

लोकान्तर

काठमाडौँ

सरकारले प्रहरी नियमावली संशोधन गर्दै बढुवा हुँदा पदकबापत २ अंक पाउने व्यवस्था हटाएको छ। अब उक्त २ अंक ज्येष्ठतामा थपिएको छ।

प्रहरी प्रधान कार्यालयले सिफारिश गरेभन्दा बाहिरबाट मिलाएर पदक पाउने अनि बढुवा प्रभावित हुने भएपछि यसको चर्को आलोचना भएको थियो।

त्यसपछि प्रहरी प्रधान कार्यालयको सिफारिशमा गृहमन्त्रालयको विधान समितिले निर्णय गरेर संशोधन गरी पारितका लागि मन्त्रिपरिषद्मा पठाएको थियो।

‘पदक विवादमा आएपछि आईजीपीसा’ब र गृहसचिवको पहलमा नियमावली संशोधन गरेर २ अंक हटाइएको हो,’ प्रहरी प्रधान कार्यालयका एक उच्च अधिकृतले लोकान्तरसँग भने, ‘यसले गर्दा संगठनलाई धेरै राम्रो हुन्छ।’

प्रकाशित मिति: : 2021-12-06 17:06:00

प्रतिकृया दिनुहोस्