सञ्जय झाको ठगी प्रकरण: केन्ट र फोब्‍‍‍र्स कलेजले सम्बन्धन लिएको विश्वविद्यालय नै नक्कली

File Photo
File Photo

साढे दुई करोड ठगी मुद्दामा पुर्पक्षका लागि कारागारमा रहेका रौतहट इशानाथ–३ का सञ्जय झाले सञ्चालन गरेका दुईवटै कलेजले सम्बन्धन लिएको विदेशी विश्वविद्यालय नै नक्कली रहेको खुलेको छ। सञ्जयले सञ्चालन गरेका काठमाडौंको बुद्धनगरस्थित केन्ट कलेज (कलेज अफ टेक्नोलोजी एन्ड म्यानेजमेन्ट) र चितवनको भरतपुर–२ क्षेत्रपुरस्थित फोब्र्स कलेज (विराट कलेज फर प्रोफेसनल स्टडिज) ले सम्बन्धन लिएको स्विट्जरल्यान्डस्थित युरोपियन युनिभर्सिटी युरोका थरविल नै अनधिकृत रहेको भेटिएको हो ।

सञ्जयले केन्ट र फोब्र्सका लागि ३ अक्टोबर २०१७ (१७ असोज ०७४)मा सम्बन्धन लिएपछि स्विट्जरल्यान्डको जेनेभास्थित संयुक्त राष्ट्रसंघका लागि नेपालको स्थायी नियोगले अध्ययन गरी ७ साउन ०७५ मा परराष्ट्र मन्त्रालयलाई पठाएको ‘डकुमेन्ट’मा उक्त संस्थाले विश्वविद्यालयको मान्यता नै प्राप्त नगरेको उल्लेख छ। नियोगले पठाएको सम्पूर्ण विवरण ‘फाइलिङ’ गरेर परराष्ट्रले १४ साउन ०७५ मै शिक्षा मन्त्रालयमा पठाएको उक्त ‘डकुमेन्ट’ नयाँ पत्रिकालाई प्राप्त भएको छ।

परराष्ट्रबाट पत्र संख्या ०७५\७६ मार्फत शिक्षामा पुगेको नियोगको पत्रमा उल्लेख छ, ‘युरोकाको सम्बन्धमा सुरुदेखि नै गुनासो रहेको, इन्टरनेटको दुरुपयोग गरी अवाञ्छित गतिविधिहरू सञ्चालन गरेको, उक्त संस्थाले विश्वविद्यालयको मान्यता नै प्राप्त नगरेको तथा कानुनतः विश्वविद्यालय भन्ने नामसमेत राख्न नपाउने अवस्थाको जानकारी प्राप्त हुन आएको छ।’

प्रकाशित मिति: : 2021-12-06 11:51:00

प्रतिकृया दिनुहोस्