सेयर बजारमा उच्च अंकको गिरावट

File Photo
File Photo

साताको पहिलो कारोबार दिन आज (आइतबार) सेयर बजारले अरोलो यात्रा तय गरिरहेको छ। बजार खुलेको डेढ घण्टामा बजार ५७ अंकभन्दा बढीले घटिसकेको छ।

यो समाचार तयार पार्दासम्म नेप्से परिसूचक ५७.५८ अंकले घटेर २५२८.६० बिन्दुमा पुगेको छ। सो अवधिसम्म २२२ कम्पनीको ३४ लाख ५९ हजार ९८१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ४५ करोड ६१ हजार ८१ रुपैयाँको कारोबार भएको छ।

यो अवधिसम्म १३ वटै उपसमूहको सेयर मूल्यमा गिरावट आएको छ। बजारमा पहिरो जाँदा पनि न्यादी हाइड्रोपावरका लगानीकर्ताले भने सर्वाधिक नाफा कमाएका छन्। कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

प्रकाशित मिति: : 2021-12-05 13:53:00

प्रतिकृया दिनुहोस्