राप्रपाभित्र लिङ्देन-राणाहरूले ढालेको ‘कुलीन विरासत’

आयोमेल

काठमाडौँ

‘बधाई र धन्यवाद, ज्ञानेन्द्र शाह। मैले राहत र उन्मुक्ति पाएको छु’ पार्टीको आन्तकरिक मतदानबाट अध्यक्ष पदमा पराजित भएपछि कमल थापाले सामाजिक सञ्जालमा लेखे ‘सिङ्गो मुलुक गणतन्त्रमय भएको बेला शीरमा कफन बाँधेर २०६३ साल देखि राजसंस्था बोकेर हिँडेको पुरस्कार आज पाइयो। सो एजेण्डाको मुल संवाहकलाई राजनीतिकरुपमा समाप्त पार्न गरिएको चेष्टाले राजाको भलो होस्।’

एउटा ‘कुलीन पञ्च’मा ढलेको विरासत

गत वुधबार भृकुटी मण्डपको बगैचामा देशभरिबाट नेता छान्न आएका प्रतिनिधिहरूलाई सम्बोधन गर्दै राजेन्द्र लिङ्देनले भनेका थिए- यो हाम्रो राष्ट्रिय प्रजातन्त्र पार्टीको इतिहासको अत्यन्तै महत्वपूर्ण घडी हो, जीवन रोज्ने कि मृत्यु रोज्ने?

नभन्दै ‘राजतन्त्र बोक्न तयार’ राप्रपाका युवा काँधहरूले लिङ्देनलाई जुरूक्कै उचाले। ३१ वर्षको इतिहासमा पार्टीभित्र चुनाव भएर एउटा ‘सनातन’ नेतृत्व ढलेको राप्रमा यो पहिलोपटक हो। कमल थापाकै भाषामा भन्ने हो भने राप्रपामा अब ‘राजतन्त्र’को सपना हुर्काउन अघि सरेका यी ‘काँचा’ सारथीहरू हुन्।

लिङ्देनको ‘सपना’ समाउन पार्टीभित्र उनको पक्षमा १८४४ हातहरू उठे। लिङ्देनको भाषामा ‘समयको पदचाप’ नबुझेक कमल थापासँग लिङ्देनलाई उछिन्नका लागि २२७ हात कम परे।

प्रकाशित मिति: : 2021-12-05 12:30:00

प्रतिकृया दिनुहोस्