निर्मलाको न्यायको माग गर्दै माइतीघरमा अनशन (भिडियोसहित)

निर्मला कुर्मीको लागि न्यायको माग गर्दै बाँकेका अधिकारकर्मी माइतीघरमा मण्डलामा अनशन बसेका छन्।

बाँकेकी निर्मला कुर्मी गत चैतमा भारतमा मृत अवस्थामा फेला परेकी थिइन्।

निर्मला कुर्मी प्रकरणमा गृह मन्त्रालयका सह सचिव हिरालाल रेग्मीको नेतृत्वमा गठित छानविन समितिले पूर्वसभासद् बादशाह कुर्मीमाथि अनुसन्धान गर्नुपर्ने निष्कर्ष निकालेको थियो।

छानविन समितिले पूर्वसभासद् कुर्मीमाथि अनुसन्धान गर्न भने पनि प्रहरीले उनलाई प्रकाउ गरेको छैन। मंसिर नौ गतेदेखि अनशनरत रहेका आधिकारकर्मीले दोषीलाई छिटोभन्दा छिटो कार्वाही गनुपर्ने माग गरिरहेको छन्।

मानवअधिकारकर्मी रुबी खान पूर्वसभासद् बादशाह कुर्मीले निर्मलालाई पटकपटक धम्की दिने गरेको बताउँछिन्।

‘जब उनको श्रीमान बिते, त्यति बेलैदेखि सम्पत्ति हडप्न ज्यान मार्ने धम्की आइरहेको थियो। श्रीमान् र जेठो छोराको नाममा रहेको जग्गा ८ असार २०६९ मा पहिलो नामसारी भयो। उनले भनिन्, ‘बीचमा केही समय रोक्का भएको जग्गा नामसारी भएपछि फेरि हडप्ने कार्य सुरु भयो र बादशाह कुर्मीको योजनामा थापा, विष्टहरु खडा भएर जग्गा हडप्ने काम भएको छ।’

निर्मलालाई अपहरण गरेर जानकी गाउँपालिकाको मानपुरमा रहेको रमेश थापाको प्लाइउड उद्योगमा बन्धक बनाएर राखेका थिए। त्यसपछि तमसुक बनाएर मालपोतका हाकिमहरु समेतको मिलेमतोमा जग्गा नामसारी भएको थियो’, खानले भनिन्।

निर्मलाको हत्यारालाई छिटोभन्दा छिटो प्रकाउ गर्नुपर्ने र दोषीलाई कार्वाही गर्नुपर्ने आधिकारकर्मीहरु बताउँछन्।

‘हाम्रो कुराहरु सरकारले वास्ता नगरेको जस्तो लाग्छ। सरकारको तर्फबाट नै बादशाहलाई संरक्षण भइरहेको। हैन भने किन पक्राउ गर्ने आदेश दिँदैन,’ रूबीले भनिन्, ‘हामीलाई अरु कोही चाहिएको छैन, निर्मला कुर्मीको विषयमा पूर्णरुपमा छानविन गरी दोषीलाई कार्वाही हुनुपर्यो।’

प्रकाशित मिति: : 2021-12-02 18:16:00

प्रतिकृया दिनुहोस्