बिएल संवाददाता
युवापुस्ताका चर्चित कथाकार वसन्त पराजुलीद्वारा लिखित नवीनतम कथा सङ्ग्रह ‘मोम्चो’ प्रकाशनमा आएको छ।
भूँडीपुराण प्रकाशन प्रालिद्वारा प्रकाशित सो कृतिमा ११ कथालाई समावेश गरिएको छ। विशेष गरी ती कथामा चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका विविध समस्यालाई जीवन्त र सजीव रुपमा उतारिएको छ। साथै पितृसतात्मक समाजका कारण नारीले भोग्नुपरेका समस्या र सङ्घर्ष मार्मिक रुपमा सरल भाषामा प्रस्तुत गरिएको प्रालिका प्रबन्ध निर्देशक केशव पराजुलीले जानकारी दिए। उनले भने 'कथाकार वसन्तका कथा नारीवादी हुन्छन्। नारीका व्यथा र चित्कारलाई यथार्थ प्रस्तुत गरिएका हुन्छन्।'
कथाकार वसन्तको यसअघि ‘कुमाता’ कथा सङ्ग्रह प्रकाशित भइसकेको छ। कृति अहिले तेस्रो सस्करणमा प्रकाशित हुँदै छ।
‘मोम्चो’ शब्दको अर्थ चेपाङ भाषामा महिला वा नारी भन्ने हुन्छ। आख्यानकार वसन्तले भने 'कथाङ्ग्रह भित्रको शीर्ष मोम्चो कथाबाट कृतिको नामकरण गरेँ। विशेषगरी चेपाङ समुदायमा बढ्दो बालविवाह र यसपछि महिलाले भोग्नुपरेका समस्यालाई कथामा केिन्द्रत गरेको छु।'
यही मङ्सिर १९ गते अक्षर समूह चितवनको आयोजनामा कृतिको सार्वजानिक हुने उनले जानकारी दिए। सोही अवसरमा कृतिमाथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ रोदन र आख्यानकार अश्विनी कोइरालाले समीक्षा गर्नुहुने समूहका अध्यक्ष प्रभाकर पण्डितले बताए।
वरिष्ठ सञ्चारकर्मी वसन्त लामोसमयदेखि ‘गोरखापत्र दैनिक’का चितवन जिल्ला समाचारदातामा कार्यरत छन्। उनी तीन दशक भन्दा बढी समयदेखि पत्रकारितामा क्रियाशील छन्।
पासपोर्ट खरिदमा अनियमितता प्रकरणः ठेक्का टुक्राउन तत्कालीन प्रधानमन्त्री ओलीकै निर्देशन!
जमुना आले मगर: खेलाडीको सपना टुट्दा जन्मिएकी रेफ्री !
अकबरे खुर्सानीले फेरिएको भोजपुर: रित्तिएका गाउँमा फर्किएको जीवन
स्विडेनलाई ५ गोल गर्दै विश्वकपमा नेदरल्यान्ड्सको दाबेदारी
प्रदीप ज्ञवालीलाई महासचिव नबनाएकोमा गुण्डुमा ओलीको ‘पछुतो’
नीतिगतले छेक्न नसकेको ‘लुट’
एक्सट्रिम इनर्जी ड्रिंक: आकर्षक विज्ञापनभित्र लुकेको गम्भीर स्वास्थ्य जोखिम !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया