‘मोहन कोइराला अद्भुत कवि हुन्’

कोइरालाले ०१७ सालको काण्डपछि घुमाउरो शैली अपनाए : प्राडा गौतम

रातोपाटी

काठमाडौँ

कवि मोहन कोइराला नेपाली साहित्य जगतमा लामा, अत्यन्त क्लिष्ट र बौद्धिक खालका कविता लेख्ने कविका रूपमा परिचित छन्। फर्सीको जरा उनको सर्वाधिक चर्चित कविता हो। उनी प्रयोगवादी कविताका प्रवर्तक हुन्।

कोइरालाको जन्म १९८३ मङ्सिर ११ गते काठमाडौँ, डिल्लीबजारमा भएको हो। बाबु ईश्वरीप्रसाद कोइराला र आमा प्रियादेवीका माहिला सुपुत्रका रूपमा जन्मिएका कोइरालाको न्वारानको नाम भने डकारप्रसाद कोइराला हो।

स्वअध्ययनबाट शिक्षा प्राप्त गरी कविता लेख्न सुरु गरेका कोइरालाको पहिलो कविता शारदा (२००७) मा प्रकाशित ‘बुझिसके’ हो। उनका प्रकाशित रचनाहरूमा सूर्यदान (२०२१), लेक (२०२५), पलङ नम्बर २१ (२०२८), मोहन कोइरालाका कविता (२०३०), नुन शिखरहरू (२०३१), सारङ्गी बोकेको समुद्र (२०३४), हिमचुली रक्तिम छ (२०३५), कविताबारे चर्चा (२०३५– निबन्ध सङ्ग्रह), हिमचुली रक्तिम छ (२०३५), नदी किनारका माझी (२०३८),  ऋतु निमन्त्रण (२०४०), नीलो मह (काव्य–२०४१),  एउटा पपलरको पात (२०४७) आदि छन्।

प्रकाशित मिति: : 2021-11-30 14:05:00

प्रतिकृया दिनुहोस्