बिएल संवाददाता
नेकपा एमालेमा नेतृत्व चयनमा चुनाव हुने बाटो खुलेको छ।
बन्दसत्रले अध्यक्ष केपी शर्मा ओलीलाई सर्वसम्मत नेतृत्व चयनका लागि पदाधिकारी र केन्द्रीय समितिको नामावली प्रस्तुत गर्ने अधिकार दिए पनि एमालेको निर्वाचन समितिले आइतबार राति निर्वाचनको कार्यतालिका सार्वजनिक गरेको हो।
एमालेको अध्यक्षमा डा भीम रावल, उपाध्यमा घनश्याम भुसाल र सचिवमा टंक कार्कीले दाबेदारी गरेका छन्।
एकातिर सर्वसम्मतको प्रयास र अर्कोतिर उम्मेदवारी फिर्ता नलिने अडानका बीच आएको निर्वाचन कार्यतालिकामा उम्मेदवारी दर्ता अहिले ११:३० देखि १२:३० बजेसम्म तोकिएको छ। उम्मेदवारी फिर्ता लिने २ बजेसम्म र अन्तिम नामावली प्रकाशन २:१० मा हुने कार्यतालिका आएको छ। मतदान भोलि ९ देखि चार बजेसम्म हुनेछ।
केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले अध्यक्ष मण्डलको आग्रहअनुसार निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको जानकारी दिए।
अनुसन्धानमा तानिने भएपछि मास्क लगाएर ‘सुटुक्क’ अदालत धाउन थाले अर्बिटका सञ्चालक रेग्मी
न्यातपोल मन्दिरमा सर्वसाधारणका लागि प्रवेश निषेध किन?
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया