बिएल संवाददाता
नेपाली कांग्रेस झापाको सभापतिमा देउमान थेवे १७६५ निर्वाचित भएका छन्। पदाधिकारीमा समेत थेवे प्यानल नै निर्वाचित भएको छ। मत परिणाम अनुसार उपसभापतिमा थेवे प्यानलका शेर बहादुर भट्टराई १६७४, केशवराज पाण्डे १८८९ निर्वाचित भएका छन्। यस्तै, सचिवमा नविन विमली १८३८ र कृष्ण हुँमागाई १६७६ निर्वाचित भएका हुन्। सहसचिवमा कमल भण्डारी १७६० र कालेन्द्र राजवंशी १७६५ निर्वाचित भएका छन्।
अर्का सभापति पद्का उम्मेद्वार राम कट्टेलले १५१५, उपसभापतिका उम्मेद्वार प्रेम सम्बाहाम्फेले १४१५, शमशेर गिरी १२२१, सचिवका उम्मेद्वार विश्वदीप लिङ्देनले १४३१, टोमलाल राजबंशीले १३१५ मत प्राप्त गरेका छन्। सहसचिव पदमा पदम लिम्बुले १३४७ र उमाराम प्रसाईले १३३७ मत प्राप्त गरेका छन्।
झापा कांग्रेस दुई प्यानल बनाएर निर्वाचनमा होमिएको थियो। कांग्रेस नेता कृष्ण सिटौलाको प्यानलबाट थेवे र विश्वप्रकाश शर्माको प्यानलबाट कट्टेललाई उम्मेद्वार बनाइएको थियो।
झापा कांग्रेसमा कमजोर मानिएको कट्टेल समूहले निर्वाचनमा सम्माजनक मत ल्याउन सफल भएको छ। कट्टेल समूहले ल्याएको मत अनुपातले झापामा शक्ति सन्तुलनमा बराबर रहेको देखाएको छ।
पदाधिकारीमा प्यानल नै जितेको थेवे समूहले सदस्यहरुमा समेत वर्चश्व कायम गरेको कांग्रेस नेताहरुले जानकारी दिएका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया