समृद्ध विश्वका लागि हिंसा होइन महिलालाई आदर देऊ

थाहा खबर

काठमाडौँ

अरुलाई दुःख या कष्ट पुर्‍याएर मात्र आफूलाई सुख या सन्तुष्टि मिल्छ भन्ने भ्रामक धारणा हिंसाको स्वरूप हो। महिला हिंसाविरुद्धको १६ दिने अभियान २५ नोभेम्बरबाट शुरु भएको छ।

सन् १९९३ मा संयुक्त राष्ट्र महासभाले जारी गरेको यो अभियान नेपालमा पनि सन् १९९७ अर्थात् वि.सं. २०५४ देखि बर्सेनि राष्ट्रिय रूपमा मनाउँदै आइएको छ। यो अभियानलाई पर्वको रूपमा मात्रै लिएर महिला हिंसाको अन्त्य हुने होइन।

महिला भएकै कारण हिंसा भोग्न बाध्य महिला तथा बालिकाको संवेदनालाई ख्याल गर्दै अभियानबाट होइन मानसिक रुपमा हिंसाजन्य क्रियाकलापको अन्त्य होस् भनेर स्मरण गराउनु र चेतना जागृत गर्न झक्झक्याउनु यसको मर्म हो। पिछडिएका समाजमा मात्र होइन सम्पन्न परिवारमा समेत परम्परागत मूल्य मान्यतालाई त्याग्न नसकेर नजानिँदो तरिकाले महिलामाथि मनोवैज्ञानिक असर पुर्‍याउने काम हुन्छन्, त्यो पनि हिंसाको, टर्चरको एउटा स्वरूप हो।

प्रकाशित मिति: : 2021-11-28 10:15:00

प्रतिकृया दिनुहोस्