बिएल संवाददाता
                                एमालेले १० औं महाधिवेशनबाट निर्वाचित हुने उपमहासचिव पद एकबाट तीन बनाएपछि आंकाक्षीको संख्या पनि थपिएको छ।
तीन उपमहासचिवमध्ये एक जना महिला बनाउनुपर्नेमा त्यसो पनि हुन नदिने गरी दाबेदार बढेका हुन्।
तीनमध्ये एक जना महिला दाबेदार डा. विन्दा पाण्डे उपमहासचिवकी पुरानै दाबेदार छिन्। त्यसबाहेक यसअघिका सचिवहरु पृथ्वी सुब्बा गुरुङ, प्रदीप ज्ञवाली, योगेश भट्टराई र गोकर्ण बिष्टले पनि उपमहासचिवमा रुचि देखाएका छन्। विष्णु रिमाल पनि सो पदका आकांक्षी हुन्।
एमाले स्रोतका अनुसार, अध्यक्ष ओली चाहिँ यसअघिका उपमहासचिव घनश्याम भुसाललाई सोही पदमा दोहोर्यारएर व्यवस्थापन गर्न चाहन्छन् तर भुषाल उपाध्यक्ष उठ्ने तयारीमा छन्।
ओली पक्ष सुरेन्द्र पाण्डेलाई पनि उपमहासचिव बनाउने पक्षमा छ तर उनले महासचिवभन्दा तल नउठ्ने अडान राखेका छन्।
महासचिव दाबी गरिरहेका शंकर पोखरेललाई पनि सहमतिका लागि उपमहासचिवमा पठाइने संभावना छ तर पोखरेल त्यो अवस्थामा उपाध्यक्ष बन्ने चाहना राख्ने उनीनिकट स्रोतको दाबी छ।
एक जनामात्र उपमहासचिव पदको व्यवस्था हुँदा सचिव दाबी गरेका नेताहरु पनि उपमहासचिव पद संख्या थपेपछि दावी गर्न थालेका छन्।
एमाले केन्द्रीय कमिटीको शुक्रबार राति बसेको अन्तिम बैठकले उपमहासचिव पद १ बाट थपेर ३ पुर्याउने निर्णय गरेको थियो।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया