‘मानिसका भित्री र बाहिरी रूप मेरा साहित्यबाट छर्लङ्ग बुझिन्छ’

रातोपाटी

काठमाडौँ
File Photo
File Photo

माया ठकुरी नेपालकी नाम चलेकी साहित्यकार हुन्। भारतको लखनउमा जन्मिएर नेपाली साहित्यमा पहिचान बनाउन सफल ठकुरीका कतिपय रचना नेपाल र भारतका विभिन्न तहका शैक्षिक पाठ्यक्रममा पनि समावेश छ। थोरै भए पनि गहन कथाहरू लेखेकी उनका कतिपय कथा हिन्दी, बङ्गाली, तमिल, जापानी र अङ्ग्रेजी भाषामा समेत अनूदित छन्। ‘बौलाहा’ शीर्षकको कविताबाट साहित्य यात्रा थालेकी उनी ‘नेपाली साहित्य नारी रत्नको सम्मान’ प्राप्त गर्ने पहिलो स्रष्टा हुन्। ‘नजुरेको जोडी’, ‘गमलाको फूल’, ‘माया ठकुरीका कथाहरू’ देखि ‘चरी चिरबिर’ सम्म उनका ८ कृति प्रकाशनमा आएका छन्। पछिल्लो समय नेपाल प्रज्ञाप्रतिष्ठानमा प्राज्ञका रूपमा रहेकी माया ठकुरीका जीवनका पाटाहरू रातोपाटीको ‘मेरो जीवन’ स्तम्भमा उनकै शब्दमा 

मीठो पकाउन सक्छु

मेरो मनपर्ने खाना नेपाली दाल, भात, तरकारी र अचार हो । मस्यौरा, गुन्द्रुकलगायत पनि मनपर्छ। माछा, मासुलगायत सबथोक मीठो लाग्छ। मन नपर्ने खानेकुरा केही छैन।

अहिलेको समय रेस्टुरेन्ट जाँदिनँ भन्दा पनि साथीभाइ, परिवार र आफन्तले लान्छन्। रेस्टुरेन्टको पिज्जा, चाउमिन जस्ता खानेकुरो मनपर्दैन। म त रेस्टुरेन्टमा पनि नेपाली खाना खोज्छु । सानोमा अर्काको घरमा काम गरेर हुर्किएकी हुँ। त्यसैले सबथोक मीठो पकाउन सक्छु।

प्रकाशित मिति: : 2021-11-27 12:14:00

प्रतिकृया दिनुहोस्