नाैजवानलाई अरब जान रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षा आवश्यक : प्रदेश प्रमुख खापुङ 

प्रदेश नम्बर १ का प्रदेश प्रमुख परशुराम खापुङले अरब जाने नौजवानलाई स्वदेशमै रोक्न अर्गानिक कृषि र व्यवहारिक शिक्षाका माध्यमलाई जाेड दिनुपर्ने बताएका छन्।

खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन फाउण्डेसनले निर्माण गरेको शुभम ट्रेडिङ सेन्टर तथा अर्गानिक क्याफे भवन, कस्टम हायरिङ सेन्टर र होमस्टे उद्घाटन गर्दै प्रदेश प्रमुख खापुङले अर्गानिक कृषि र व्यवहारिक शिक्षाको माध्यमबाट रोजगारी सिर्जना गर्न सके नौजवान अरब जान बन्द हुने स्थिति आउने बताएका हुन्। 

‘फाउण्डेसनको वैकल्पिक शिक्षाको अभ्यास देशको भविष्य, नेपाली जनताको सुख, शान्ति र संवृद्धि मात्र नभएर रोजगारीसँग गाँसिएको छ। याे कुरा नेपालीले सिक्यौं भने जान्यौं भने नौजवान अरब जान बन्द हुने स्थिति आउँछ। मलेसिया जानुपर्ने स्थिति बन्द हुन पुग्छ,’ खापुङले भने, ‘ग्लोवलाइजेसनको कारण मान्छे अमेरिका पुग्नु, अष्ट्रेलिया पुग्नु, लण्डन पुग्नु आफ्नो रुचीको विषय हुन सक्छ। तर हामीले प्रयास गर्‍यौं भने अहिलेको जस्तो बाध्यात्मक अवस्थाको अन्त्या हुन सक्छ।’ 

प्रकाशित मिति: : 2021-11-27 08:15:00

प्रतिकृया दिनुहोस्