महिनावारीको समयमा हुने दुखाइबाट बच्न अपनाउनुहोस् यी उपायहरू 

File Photo
File Photo

महिनावारीको दुखाइ कम गर्न महिलाहरु धेरै कुराको प्रयोग गर्ने गर्छन्। हट वाटर ब्यागको प्रयोग गर्ने, कुनै तातो कुराले सक्ने, पर्याप्त पानी पिउने, फलफूल, जुस खाने जस्ता धेरै तरिकाहरू प्रयास गर्ने गर्छन्। वास्तबमा यी सबै उपायहरू प्रभावकारी छन्, तर केहि अन्य उपाय पनि छन् जुन यो समस्यालाई कम गर्न लाभदायक साबित हुन सक्छ, तर हामी यसतर्फ ध्यान दिँदैनौं।

यस्ता छन् महिनावारी दुखाइ कम गर्ने उपायहरु:

१. डेरी उत्पादनहरू त्याग्नुहोस्स् विशेष गरी महिनावारीको समयमा डेरी उत्पादनहरू त्याग्नु जरुरी हुन्छ। यद्यपि यस समयमा शरीरलाई क्याल्सियमको आवश्यकता बढी भएपनि यसको कमी सप्लिमेन्टबाट पूरा गर्न सके राम्रो हुन्छ। दुग्धजन्य पदार्थ, विशेषगरी दूध, दही र चीजमा एक विशेष प्रकारको एसिड हुन्छ, जसले दुखाइ बढाउने काम गर्छ।

२. जंक फूडलाई त्याग्नुहोस्स् स्वस्थ खाना सधैं आवश्यक छ, तर यो महिनावारी को समयमा अझ बढी महत्त्वपूर्ण हुन्छ। जंक फूडमा प्रशस्त मात्रामा सोडियम हुन्छ जसले महिनावारीको समयमा अन्य धेरै समस्या निम्त्याउन सक्छ।

३. सेभीङ र व्याक्सिङ नगर्नुहोस्स् महिनावारीको समयमा एस्ट्रोजेन स्तर धेरै बढ्छ, जसको कारण अलिकति चोट वा दुखाइ भएमा पनि धेरै महसुस हुन्छ। त्यसैले यो समयमा सेविङ वा व्याक्सिङ नगर्नु राम्रो हुन्छ।

४. प्याड परिवर्तन गरिरहनुहोस् प्याड परिवर्तन गरिरहनुको कारण रक्तस्राव र दुखाइ कम गर्न होइन, तर संक्रमण रोक्न हो। एउटै प्याड लामो समयसम्म लगाउनाले संक्रमणको जोखिम बढ्नुका साथै रगतको समस्या पनि बढ्छ, त्यसैले रगत बग्ने आधारमा ४–५ वा ३–४ घण्टापछि प्याड परिवर्तन गर्नुपर्छ। यदि ट्याम्पोन प्रयोग गर्दै हुनुहुन्छ भने, यसलाई हरेक दुई देखि तीन घण्टामा परिवर्तन गर्नुहोस्।

५. योनि धुने पदार्थको प्रयोग नगर्नुहोस्स् महिनावारीको समयमा विशेष गरी योनि धुने पदार्थको प्रयोग गर्नु हुँदैन। यस्ता पदार्थमा प्राकृतिक पीएच स्तर बाधित हुन्छ जसले संक्रमणको जोखिम बढाउँछ। यदि सफा नै गर्नुपरेमा मनतातो सफा पानीको प्रयोग गर्न सकिन्छ।

प्रकाशित मिति: : 2021-11-26 11:22:00

प्रतिकृया दिनुहोस्