जनगणना त सकियो, तपाईँको घरमा गणक आए?

देशसञ्चार

गोविन्द लुइटेल

कोही नछुटुन् कोही नदोहोरिऊन् भन्ने मर्मका साथ जनगणना गरिने भएपनि यस पटक केही भूभागका नेपाली जनगणनाजस्तो राष्ट्रिय अभियानमा छुटेका छन्। नेपाली भूभागभित्र बसोबास गर्ने नेपालीहरुलाई यस्तो अभियानमा छुटाउन मिल्दैन।

केन्द्रीय तथ्यांक विभागले दार्चुला जिल्लाको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा जनगणना गर्न भारतले अनुमति नदिएपछि यस पटकको जनगणनामा ती ठाउँका मानिसहरु समावेश हुन नपाएका हुन्।

विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सो क्षेत्रमा गणकहरुको उपस्थितिमा जनगणना गर्न परराष्ट्र मन्त्रालयमार्फत भारतसँग समन्वय भइरहेको र भारतले अनुमति नदिए अन्य विकल्पमा जनगणना गरिने उनले पत्रकार सम्मेलनमा बताएका थिए। सरकारले कूटनीतिक पहल नगरेपछि विभागको प्रयास सम्भव भएन। ती ठाउँका नेपालीहरु छुट्न पुगेका छन्।

प्रकाशित मिति: : 2021-11-25 21:55:00

प्रतिकृया दिनुहोस्