प्राइम लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

File Photo
File Photo

प्राइम लाइफ इन्स्योरेन्सको १५ दशमलव ८७ प्रतिशत लाभांश सुरक्षित गर्ने बिहीबार अन्तिम दिन रहेको छ। इन्स्योरेन्सले साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ १० मंसिरमा गते बुक क्लोज गर्दै छ।

प्राइम लाइफले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर र कर तिर्नको लागि शून्य दशमलव ८७ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको हो। कम्पनीले १९ मंसिरको दिउँसो २ बजे १४औँ वार्षिक साधारणसभा आह्वान गरेको छ।

कम्पनीले हाल काम चुक्ता पुँजी दुई अर्ब ४१ करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ३६ करोड २५ लाख रुपैयाँ बराबरको बोनस र कर प्रयोजनार्थ एक करोड ९० लाख रुपैयाँ नगद लाभांश पारित गर्नेछ।

प्रकाशित मिति: : 2021-11-25 10:00:00

प्रतिकृया दिनुहोस्