जाडो मौसममा छालादेखि कपालसम्मको समस्याको लागि यस्ता छन् प्रभावकारी उपाय

File Photo
File Photo

मंसिर लागे संगै जाडो मौसमको आगमन भैसकेको छ। जाडो मौसमले भिन्दै उर्जा र उत्साह ल्याए संगसँगै धेरै समस्याहरु पनि ल्याउने गर्छ। बिशेष गरेर शरीर सम्बन्धि समस्याहरु: जोर्नी दुख्ने, टाउको दुख्ने, हात खुट्टा सुन्निने र डन्डीफोरको समस्या पनि हुन्छ। साथै छाला र कपाललाई पनि उत्तिकै बिगार्ने गर्छ। यस्ता समस्यालाई बेलैमा समाधान गर्न पनि सकिन्छ।

यी हुन् जाडोमा हुने समस्याहरूको समाधान जुन धेरै प्रभावकारी छन्।

१. जाडोमा हात खुट्टाका औँला धेरै चिलाउने, रातो हुने र सुन्निने भएमा तोरीको तेल तताएर लगाउनुहोस्।

२. यदि जाडोमा खुट्टा फुटेको समस्या छ भने, हप्तामा दुई देखि तीन पटक पेडीक्योर गर्नुहोस्। खुट्टामा फोहोर जम्न नदिनुहोस्। ओलिभ, तोरीको तेल र क्रीमले खुट्टामा मालिस गर्नुहोस्। ग्लिसरीनमा एक चम्चा बोरिक पाउडर मिसाएर फुटेको खुट्टामा मालिस गर्नुहोस् र त्यसपछि कपडाले पुछ्नुहोस्।

३. जाडोमा धेरैलाई कपालमा चायाँ पर्ने समस्या हुन्छ र त्यसका कारण कपाल चिलाउने र फोका निस्कन थाल्छ भने त्यसको उपचार कागती हो। पानीमा कागतीको रस मिसाएर स्याम्पु गरेपछि कपाल धुनुहोस्।

४. नुहाउनुअघि तोरीको तेलले पूरै शरीरमा मालिस गर्नुहोस्। यसले शरीरलाई शक्ति र चमक दुवै दिन्छ।

५.फुटेको खुट्टा नराम्रो मात्र देखिदैन, यो धेरै पीडादायी पनि हुन्छ, त्यसैले यसमा पग्लिएको मोम लगाउदा खुट्टाको दरार छिट्टै भरिन्छ।

६. जाडोमा एकपटक फेसियल गर्न जरुरि छ। यसले अनुहारको मांसपेशी कसिलो रहन्छ, चाउरी पर्दैन र अनुहार पनि चम्किलो हुन्छ।

७. बेसारलाई काँचो दूधमा मिसाएर लगाउनाले छालालाई नरम बनाउनुका साथै छाला चम्किलो पनि हुन्छ। बेसारलाई एलोभेरा बेसन संग पनि प्रयोग गर्न सकिन्छ। यो हरेक हिसाबले फाइदाजनक छ।

८. कालो तिल र शक्करको लड्डू खाँदा जाडोमा बारम्बार हुने रुघाखोकीको समस्याबाट बच्न सकिन्छ।

९.जाडोमा छालाको समस्याहरु समाधान गर्ने बिशेष उपाय भनेको मनतातो पानीमा नुन मिसाएर नुहाउनु हो।

१. जाडोमा मेकअप गर्दा पाउडरको सट्टा फाउन्डेसन प्रयोग गर्नुहोस्, यसले अनुहारलाई सुन्दर बनाउँछ।

प्रकाशित मिति: : 2021-11-24 11:30:00

प्रतिकृया दिनुहोस्