बिएल संवाददाता
नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका घनेन्द्र ओझाको नवीनतम् कविताकृति ‘असमान पहाडहरू’ प्रकाशन भएको छ।
समालोचना र पत्रकारितामा समेत सक्रिय ओझाको बाह्रौँ पुस्तकका रूपमा प्रकाशन भएको यस कवितासंग्रहमा समसामयिक विषयका २१ वटा कविता संगृहीत छन्।
कृतिभित्रका कवितामा समाजका बेथिति, कुसंस्कार, राजनीतिक अव्यवस्था र अराजकता, सांस्कृतिक विचलन र सामाजिक विखण्डन, मानवीयतामा ह्रास, प्रकृतिप्रेम, सामाजिक, राजनीतिक नेतृत्वमा भइरहेको नैतिक पतन जस्ता विषय समेटिएको छ।
युवा साहित्यकार एवं समालोचक महेश पौड्यालको लामो र विस्तृत भूमिका रहेको यस कृतिको प्रकाशक कवि स्वयं छन् भने वितरक कन्दरा पब्लिकेसन रहेको छ। पुस्तकको मूल्य १५० रुपैयाँ रहेको छ।
अमेरिकी भिसा लिन २१ लाख ६० हजार रुपैयाँसम्म धरौटी !
गगन–विश्वप्रकाश, लोकतन्त्रको हत्याको कारक नबन्नु
अमेरिकाबाट निस्कासित नेपालीको नयाँ कीर्तिमान
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
मनको कुरा गरौं
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया