एमाले महाधिवेशनः लुम्बिनीले ७५ हजार उतार्ने

Breaknlinks
Breaknlinks

मंसिर १० गतेदेखि चितवनमा हुन लागेको नेकपा एमालेको १० औँ महाधिवेशनमा लुम्बिनी प्रदेशबाट ७५ हजार बढीको सहभागिता हुने अनुमान गरिएकाे छ।

प्रचार समिति लुम्बिनीले बुटवलमा गरेको पत्रकार भेटघाट कार्यक्रममा एमाले लुम्बिनीका अध्यक्ष तथा महाधिवेशन मूल आयोजक समिति सदस्य लिला गिरीले लुम्बिनीबाट ७५ हजार जनसहभागिता रहने जनाएका हुन्।

महाधिवेशनलाई भव्यरुपमा सम्पन्न गर्न तीब्र तयारी भइरहेको र प्रदेशका १२ वटै जिल्लामा व्यापक जनपरिचालन भइरहेको नेता गिरीले बताए। 

महाधिवेशन प्रचार विभागका सदस्य तथा एमाले केन्द्रीय प्रचार विभागका सदस्य डीआर घिमिरेले १० औं महाधिवेशनको तयारी तीव्र रुपमा अगाडि बढेको बताए। 

एमाले रुपन्देहीका प्रचार विभाग प्रमुख मोहन चापागाइँको अध्यक्षतामा भएको कार्यक्रममा प्रचार विभाग लुम्बिनीका प्रमुख झपेन्द्र जिसी, प्रेस चौतारी नेपालका केन्द्रीय सचिव भरत केसी, पूर्वकेन्द्रीय सदस्य शेरबहादुर केसी, प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशका उपाध्यक्ष प्रदीप आचार्य, सचिव तथा रुपन्देहीका अध्यक्ष अमृत गिरीलगायतले महाधिवेशन लक्षित प्रचार कार्यका बारेमा रिपोर्टिङ गरेका थिए।

प्रकाशित मिति: : 2021-11-21 06:10:00

प्रतिकृया दिनुहोस्