बाबा रामदेव क्रान्तिकारी हुनुहुँदो रहेछ: प्रचण्ड [भिडियाेसहित]

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बाबा रामदेव वैज्ञानिक र क्रान्तिकारी व्यक्ति रहेका बताएका छन्।

काठमाडौंमा शुक्रबार पतञ्जलि योगपीठ नेपाल मण्डिखाटारमा पतञ्जलि नेपाल टीभि तथा आस्था नेपाल टीभि र पतञ्जलि सेवा सदनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले रामदेव वैज्ञानिक र क्रान्तिकारी रहेका हुन्।

‘सुरूसुरूमा रामदेव अलि बढी रूढीवादी, परम्परावादी हुनुहुन्छ जस्तो लाग्थ्यो। तर, उहाँ वैज्ञानिक र क्रान्तिकारी रहेछन्’, प्रचण्डले भने।

रामदेवले आरोग्यबाट निरोगिता र योगमुलक उद्योग अगाडि बढाएको भन्दै उनले नेपालको सामाजिक सांस्कृतिक विकासमा पतञ्जलिको भुमिका रहेको बताए।

बिहीबार काठमाडौं आएका बाबा रामदेवले बिहीबार नै खुमलटार पुगेर प्रचण्डलाई भेटेका थिए।

प्रचण्ड निवासमा बाबा रामदेव र आचार्य बालकृष्ण

प्रकाशित मिति: : 2021-11-19 12:54:00

प्रतिकृया दिनुहोस्

    प्रचण्ड ज्यू , तपाईले बाबा रामदेब लाई क्रन्तिकारी देख्नु भयो जस्ले मानव कल्याण र बिकाशको लागि बाँच र बचाउ भन्ने उदेश्यका साथ क्राती गरे, तपाईले १७ हजार मान्छे मारेर,त्यति नै ब्यपत्ता पारेर, घरबार लुटेर बिनासन्मुख क्रान्ति गरेर आफुलाई क्रान्तिकारी घोषित गर्नु भयो ।बिकाशको लागि क्रान्ति कि बिनासको लागि ??? अब तपाई आफै भन्नुहोस् तपाईले गरेको क्रान्ति ठिक कि बाबा राम देबले गरेको क्रान्ति ?!?

    • 3 बर्ष अगाडि
    • Devkota Mahendra