बार परिसरभित्रै वकीलमाथि ‘गुण्डा’को हमला, ‘लात’ हानेर धपाए वकीलले [भिडियाे]

नेपाल बार एसोसियसनको परिसरभित्र केही व्यक्ति प्रवेश गरेर वकीलहरुलाई आक्रामक शैलीमा धम्की दिएका छन्। उनीहरुले वकीलहरूलाई आन्दोलन नगर्न, गलत मुद्दा नउठान र जथाभावी नबाेल्न भन्दै धम्की दिँदै अहिलेका काम–कारवाही जारी राखे ठीक पार्ने चेतावनी दिएका थिए।

त्यसक्रममा उनीहरुले वकीलहरूको कालो कोट च्यातिदिन्छौँ भन्दै हमला गर्ने प्रयास गरेका थिए। त्यसपछि वकीलहरु पनि उनीहरुमाथि जाइलागे। अनि बार परिसर तनावग्रस्त भएको थियो। हमलाकारीहरु रातो कारमा आएका थिए। 

स्वास्थ्य मन्त्रालय परिसरमा गाडी  राखेर आएका उनीहरु बार एसोसिएसनमा प्रवेश गरेका थिए। वकीलबीच बार परिसरमा घम्साघम्सी चलेकाे थियाे।

 

प्रकाशित मिति: : 2021-11-18 14:17:00

प्रतिकृया दिनुहोस्