छिमेक लघुवित्तको २७ लाभांश घोषणा

File Photo
File Photo

छिमेक लघुवित्तले गत वर्षको नाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। कम्पनीको बुधबार बसेको सञ्चालक समिति बैठकले सेयरधनीलाई २७ प्रतिशत बोनस सेयर र बोनसमा लाग्ने करसहित तीन प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक र छिमेकको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि वितरण हुनेछ।

कम्पनीले हाल कायम एक अर्ब ८३ करोड रुपैयाँ चुक्ता पुँजीमा उक्त लाभांश वितरण गर्न लागेको हो।

प्रकाशित मिति: : 2021-11-18 12:23:00

प्रतिकृया दिनुहोस्