न्यायालयमा सोझिएको प्रश्न: अदालत ‘बिचौलिया’को थलो बनेकै हो ?

मौनता साँधिरहेको गठबन्धनमा ‘आशावादी’को त्यो निर्णय

थाहा खबर

रमेश पराजुली

 प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको भूमिकामाथिको प्रश्न यतिवेला न्यायालयमाथि सोझिएको छ।

कानुन व्यवसायीले नै न्यायालयमा भ्रष्टाचार र बिचौलिया मौलाएको प्रश्न उठाइरहेका छन्।

प्रधानन्यायाधीशको पक्षमा आन्दोलन गर्न सडकमा ल्याएका मान्छेलाई समेत पैसा दिएर ल्याइएको भिडियो समेत सामाजिक सञ्जालमा ‘भाइरल’ बनेका छन्।

प्रधानन्यायाधीश जबराका पक्षमा सडक आन्दोलनमा आउनेहरूलाई बिचौलियाको प्रयोग गरेर प्रतिव्यक्ति ४ सय रुपैयाँदेखि १ हजार रुपैयाँसम्म दिएको कुरा सार्वजनिक भइरहेको छ।

जबराले मुद्दामा सेटिङ मिलाउनेदेखि झगडियासँग लेनदेन गरेको तथ्य आफूसँग रहेको केही दिनअघि वरिष्ठ अधिवक्ता शम्भु थापाले आरोप लगाउन भ्याए।

 

प्रकाशित मिति: : 2021-11-18 10:10:00

प्रतिकृया दिनुहोस्