बिमा कम्पनीको नाफा १९.८७ प्रतिशतले बढ्यो, अन्य सूचक यस्तो

राष्ट्रिय बिमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार तीन महिनामा कम्पनीले ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ।

यो नाफा गत वर्षको तुलनामा १९.८७ प्रतिशत बढी हो। गत वर्ष यस कम्पनीले ५ करोड १७ लाख रुपैयाँ नाफा कमाएको थियो। कम्पनीको कर्जा तथा अन्य लगानीबाट हुने आम्दानीमा पनि बढोत्तरी भएको छ। 

यस अवधिमा कम्पनीले सात करोड ३६ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ। गत वर्ष पाँच करोड ९९ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको थियो। समीक्षा अवधिमा कम्पनीले कर्जा तथा अन्य लगानीबाट यो त्रैमासमा ६ करोड ९९ लाख रुपैयाँ आम्दानी गरेको छ।

गत वर्ष ६ करोड ९६ लाख रुपैयाँ आम्दानी गरेको थियो। तीन महिनामा कम्पनीले बिमा कोषको आकार ८.१७ प्रतिशतले बढाएर दुई अर्ब ४६ करोड रुपैयाँ पुर्‍याको छ। गत वर्ष यसको बिमा कोषमा दुई अर्ब २७ करोड रुपैयाँ रहेको थियो। 

कम्पनीको हाल चुक्ता पुँजी २६ करोड ६६ लाख ३९ हजार रुपैयाँ रहेको छ। यस कम्पनीको जगेडा कोषमा तीन अर्ब १७ करोड रुपैयाँ छ। प्रतिसेयर आम्दानी ९३ रुपैयाँ १४ पैसा छ भने प्रतिसेयर नेटवर्थ १ हजार २९२ रुपैयाँ ४६ पैसा छ।

प्रकाशित मिति: : 2021-11-17 10:15:00

प्रतिकृया दिनुहोस्