मलेसियामा सैन्य विमान दुर्घटना

बिएल संवाददाता

क्वालालम्पुर
thestar.com.my

रोयल मलेसियान एयर फोर्सको सैन्य विमान पेनाङ राज्यमा दुर्घटनामा परेको छ।

दुर्घटनामा सेनाका एक सदस्यको मृत्यु भएको छ। मंगलबार राति भएकाे उक्त दुर्घटनामा परी अर्का सदस्य गम्भीर घाइते भएकाे रक्षामन्त्री हिसामुद्दीन हुसैनले जनाएका छन्।

दुर्घटनामा मृत्यु भएका अधिकृत क्याप्टेन मोहम्मद अफेन्दी बुस्तामी रहेका छन्। गम्भीर घाइते को-पाइलटकाे सेबेराङजयाकाे अस्पतालमा उपचार भैरहेकाे छ।

पेनाङको बटरवर्थ एयर बेसमा तालिम अभ्यासका गर्दा स्थानीय समयअनुसार राति १० बजेतिर विमान दुर्घटना भएको अधिकारीहरूले बताएका छन्।

प्रकाशित मिति: : 2021-11-17 07:06:00

प्रतिकृया दिनुहोस्