अमेरिकी राष्ट्रपति र उपराष्ट्रपतिको सम्बन्धमा दरार, बर्खास्त गर्ने बाइडेनको चेतावनी

Breaknlinks
Breaknlinks

अमेरिकी राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसबीच चिसोपना आएको छ।

राष्ट्रपति बाइडेनले उपराष्ट्रपति ह्यारिसलाई बर्खास्त गर्नेसम्मकाे चेतावनी दिएकाे सीएनएनले एक रिपोर्टमा उल्लेख गरेकाे छ। बाइडेन र ह्यारिसबीचकाे सम्बन्धलाई लिएर यतिबेला अमेरिकी राजनीति खूब् तातिएको छ।

पछिल्लाे समय उनीहरू सार्बजनिक कार्यक्रममा देखिएका छैनन्। यस कारण पनि अमेरिकी राजनैतिक विश्लेषकहरूले मिडिया रिपाेर्टकाे यस्तो अनुमानलाई सत्य ठान्छन्।

सीएनएनका अनुसार राष्ट्रपति र उपराष्ट्रपतिका कर्मचारीहरूको सम्बन्ध पनि बिग्रिएकाे छ। उनीहरूकाे सम्बन्धमा समेत दारर उत्पन्न भएपछि व्हाइट हाउसका कतिपय कामहरू अधुरै रहेका छन्।

सोमबारकाे एउटा कार्यक्रममा राष्ट्रपति र उपराष्ट्रपतिले एक–अर्काको घाँटी जुधाएर आफ्नो सम्बन्ध सुमधुर नै रहेको प्रमाणित गर्न खोजे पनि ठूलो मतभेद रहेको अधिकारीहरूकाे दाबी छ। व्हाइट हाउसले पनि मतभेद भएको कुरालाई अस्विकार गरेको छ।

यसैबीच राष्ट्रपतिको लोकप्रियतामा ब्यापक कमि आएको विभिन्न स्वतन्त्र–संस्थाहरूले गरेको सर्बेक्षणमा उल्लेख गरिएको छ। अमेरिकामा सबैभन्दा विश्वस्त 'अप्रूबल रेटिङ्ग'मा पनि धेरै कमि आएको छ। चुनावको समय राष्ट्रपति बाइडेनको लोकप्रियता ५३ प्रतिशत थियो। जो– आजको दिनमा तल झरेर ४१ प्रतिशत छ।

यसैगरी उपराष्ट्रपति ह्यारिसको लोकप्रियतामा पनि निकै गिराबट आएको छ। स्मरण रहोस्– अमेरिकाको संविधानमा राष्ट्रपतिलाई उपराष्ट्रपति बर्खास्त गर्ने अधिकार छ। बर्खास्त परेपछि उपराष्ट्रपतिले अदालतमा अपील गर्न पाउने छिन्। राष्ट्रपतिको फैसलालाई अदालतले उल्टाउन पनि सक्छ।

अमेरिकाकाे ४६ औं राष्ट्रपतिका रूपमा चुनिएका राष्ट्रपति बाइडेनले कमलालाई उपराष्ट्रपतिका लागि चुनेका थिए।

प्रकाशित मिति: : 2021-11-16 19:44:00

प्रतिकृया दिनुहोस्