'मानार्थ'को सैन्य कूटनीति : भारतले आफूअनुकूल प्रयोग गर्दा नेपाली सेना किन पछि ?

लोकान्तर

गगन अर्याल

नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा भारतको ४ दिने औपचारिक भ्रमण सकेर यही कात्तिक २६ गते नेपाल फर्किएका छन् ।

नेपाल र भारतका सेनाले एकअर्काका सेनाध्यक्षलाई मानार्थ सेनापतिको उपाधि दिने परम्पराअनुसार शर्माले कात्तिक २४ गते भारतीय राष्ट्रपति रामनाथ कोविन्दबाट मानार्थ महारथीको उपाधि प्राप्त गरे ।

करीब १४ लाख भारतीय सेनाको मानार्थ महारथीको दर्ज्यानी चिह्न राष्ट्रपति कोविन्दले विशेष समारोहका बीच शर्मालाई प्रदान गरेका थिए ।

यो परम्परा सन् १९५० देखि नै चलिआएको छ ।

भारतबाट मानार्थ महारथीको उपाधि पाउने शर्मा १५ औं प्रधानसेनापति हुन् । यसभन्दा अगाडि नेपालको मानार्थ प्रधानसेनापतिको दर्ज्यानी चिह्न पाएका भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरवणे पनि यस्तो अवसर प्राप्त गर्ने १५ औं भारतीय सेनाध्यक्ष नै हुन् । 

 

प्रकाशित मिति: : 2021-11-16 17:04:00

प्रतिकृया दिनुहोस्