प्रधानन्यायाधीश राजीनामाले विसंगति हट्लान्?

नागरिक दैनिक

काठमाडाैँ

नेपाल बार एसोसिएसनले सर्वोच्च अदालतमा पछिल्लो पटक देखिएको घटना क्रमको सन्दर्भमा विभिन्न मितिमा विभिन्न निर्णय गरेको छ।

प्रधानन्यायाधीशले गर्नुभएका काम/कारबाहीको समग्र मुल्याङ्कन गरी उहाँले आफ्नो पदबाट राजीनामा गरी न्यायालयमा रहेको विकृति र विसंगति हटाउने मार्ग प्रशस्त गरिदिनुपर्ने ठहर गरेको छ।

प्रधानन्यायाधीशको राजीनामा अहिलेको सन्दर्भमा अपरिहार्य भए पनि यसबाट मात्रै के समग्र न्यायापालिकामा रहेको विकृति,विसंगति हटाउन सम्भव छ त? यो लेख यही प्रश्नमा केन्द्रित छ।

सर्वसाधारणले अपेक्षा गरेको न्यायको ढोकामा जसरी आज प्रधानन्यायाधीशको राजीनामा प्रकरणसँगै अदालतमा देखिएको अवरोधले विभिन्न जिज्ञासा उब्जाएको छ। जनमानसमा अदालतप्रति रहेको आशा, भरोसा र आस्थाको केन्द्रमा प्रहार भई न्याय र न्यायिक संरचनाबारे समेत नयाँ ढंगले सोच्नुपर्ने भएको छ।

न्यायमा सहज पहुँचका लागि यसले उत्पादन गर्ने नजिर, न्यायिक मन र न्यायिक मनमा प्रभाव पार्ने तत्त्वहरूको सूक्ष्म विश्लेषण गर्नुपर्ने अवस्था अहिले छ।परिस्थितिले कोल्टे फेर्दै गर्दा अब हरेकजसो विषयवस्तुबारे एकमुष्ट छलफल नचलाउने हो भने अदालतमा देखिएको न्यायिक विचलन,बेथिति र विसंगतिले भोलिका दिनमा सर्वोच्च अदालत र यसले सम्पादन गर्ने न्यायलाई कहाँ पुर्‍याउला? गम्भीर प्रश्न छ।

समस्या आफैँ आउने मात्र नभई कहिलेकाहीँ सिर्जना पनि गरिन्छ।कतै आज सर्वोच्च अदालत यसैको सिकार त भएको होइन? यसले अदालतलाई कहाँ पुर्‍याउला? हेर्न बाँकी छ।

सर्वोच्च अदालत तथा यसले सम्पादन गर्ने न्याय आज एउटा गम्भीर मोडमा उभिएको छ। प्रधानन्यायाधीशको राजीनामा प्रकरणसँगै बार–बेन्चको सम्बन्ध,न्यायपालिकाभित्रको बेथिति, अदालतभित्रै न्यायाधीशहरूको चरम गुटबन्दीबारे पनि कुरा उठेका छन्।

प्रकाशित मिति: : 2021-11-15 09:20:00

प्रतिकृया दिनुहोस्