माछा किसान बनेका पूर्व एसएसपी मोहनराज, जसले आईजीपीलाई ‘गोली ठोक्छु’सम्म भने

लोकान्तर

काठमाडौं

जीवनको ३० वर्ष नेपाल प्रहरीमा बिताएका पूर्व वरिष्ठ प्रहरी उपरीक्षक ५८ वर्षीय मोहनराज जोशीले बाँकी जीवन व्यावसायिक माछापालन सहितको कृषि कर्ममा लगाएका छन् । 

कैलालीको धनगढी उपमहानगरपालिका–१९ आईगाउँस्थित पुरैनामा कृषि कर्ममा जमेर लागेका छन् उनी । छोरा दिनेश जोशीसँगै उनी कृषि कर्ममा कम्मर कसेर लागेका हुन् । 

पूर्व एसएसपी जोशीले भने, ‘खासगरी छोराले कृषि फर्म शुरू गरौं भनेपछि शुरू गरेका हौं । मेरो पनि मन परेको व्यवसाय हो । हामी बुवाछोरा मात्रै होइन, हाम्रो पूरै परिवार नै यसमा लागेको छ । अवकाशपछिको मेरो बाँकी जीवन अब किसानी हो ।’

उनी कृषि कर्मलाई सन्तुष्टिको व्यवसाय बताउँछन् । जीवनमा निकै उतारचढाव सहन गरेका उनी कृषि क्षेत्रलाई फस्टाउन नसकेको तर सम्भावनाको क्षेत्र ठान्छन् र सन्तुष्ट छन् ।

प्रकाशित मिति: : 2021-11-13 20:46:00

प्रतिकृया दिनुहोस्