बोको हरामका चार लडाकु मारिए

File photo
File photo

नाइजेरियाको उत्तरी राज्य बोर्नोमा सेनाले गरेको आक्रमणमा परी कम्तीमा चार बोको हराम लडाकूको मृत्यु हुनुका साथै अन्य कैयौँ घाइते भएको सेनाका प्रवक्ताले बताएका छन्। 

बोर्नो राज्यको पुलका सहरको क्रसिङ पोइन्टमा विद्रोहीहरूको गतिविधि देखेपछि सेनाले बुधबार आक्रमण गरेको बताइएको छ। 

सेना र लडाकुहरू बीच भीषण मुठभेड भएको थियो। कारबाहीका क्रममा सेनाले ठूलो मात्रामा हातहतियारसमेत बरामद गरेको छ। उक्त घटनामा अन्य थुप्रै घाइते भएको पनि जनाइएको छ। बोको हरामले सन् २००९ देखि उत्तरपूर्वी नाइजेरियामा इस्लामिक राज्य स्थापना गर्ने प्रयास गरिरहेको छ। 
 

प्रकाशित मिति: : 2021-11-11 21:29:00

प्रतिकृया दिनुहोस्