धुवाँभित्र रुमलिएका हजाराैँ जिन्दगीहरू। मुस्लाेले धपक्कै ढाकेकाे त्याे बस्ती। क्रूर बन्दूककाे त्राशले बाेल्नै नसक्ने सुनाैला स्वरहरू। याे युद्धभूमि– थान्टलाङकाे कथा हाे।
धुवाँकाे मुस्लाेले ढाकिएकाे थान्टलाङ धुजाधुजा भएकाे छ। एकदिन मात्रै हाेइन, दिनदिनै यहाँका कैयाैँ गाउँ–बस्तीका दृश्य यस्तै–यस्तै बनेकाे देखिरहकै छाैँ। कालाे न कालाे अन्धकारमय कुहिरोभित्र देखिएकाे 'थान्टलाङ मुस्लाे'काे कथा उतिकै कालाे र दुःखद छ।
अबाेध घरहरू पालैपालाे खरानीकाे राशमा ढल्दैछन्। घर–मालिकहरू बाँच्नैका लागि जंगल छिरे। तर बस्तीका ती घरहरू एकएक गरी खरानी बन्दै गए। हेर्दाहेर्दै– जुन्ता शासकले ढालिदियाे कैयाैँ जनताका झुपडीहरू।
बस्तीभन्दा अलिक परकाे गिर्जाघर– जाे भित्तामा लागेका गाेलीकाे घाउले छट्पटाइरहेकाे छ। एकाबिहानै धुवाँकाे तुवाँलाेले पुत्पुताइरहेकाे गिर्जाघरमा एक्कासी झुल्किएकाे सूर्यकाे किरणसमेत स्तब्ध बनेकाे छ।
समयकाे गतिमा थान्टलाङमाथि दमन बर्सेकाे र आँगो दन्किएकाे दश महिना पुगिसक्याे। तरपनि क्रूर शासककाे सानदार प्रर्दशन कायमै छ। एउटा व्यक्ति–एउटा समूह–एउटै साेच भएका एकहुल मानिसकाे अमानवीय विचारले थान्टलाङ जलिरहेकाे छ। हेराैँ कतिन्जेल जल्दाेरहेछ। कसैले साेध्याे भने भनिदिनू– थान्टलाङ शून्य छ।
के– थान्टलाङ देखेर छिमेकीहरू खुशी नै छन् त? के उनीहरू हाँसिरहेकै हाेलान्? – याे थान्टलाङबासी (बर्मेली)हरूकाे जिज्ञासा हाे।
हजाराैँ थान्टलाङका गाउँ–नगर र बस्तिहरू विग्रे–भत्केका छन्। बस्तीमा मानिस छैनन्। उनीहरू मानिस नै हुन् तर महिनाैँदेखि जंगलमै बसिरहेका छन्। र–त थान्टलाङ जलिहरेकाे छ। एकताका मानिस नै मानिसले भरिएकाे थान्टलाङमा अहिले शन्नाटा बाहेक केही छैन। छ–त केवल आँगोकाे मुस्लाे।
अनाैठाै ढंगले बाँचेका छन्, मानिस। एकातिर काेराेना महामारी। अर्काेतिर सैनिक त्राश। र, अर्काेतर्फ छिमेकीहरूकाे वेवास्ता। थान्टलाङमा अनेकाैँ कुराकाे अभाव छ। नागरिकहरू बाँच्नका लागि बाँडीचुडी खान्छन् र जीवन धान्छन्। उनीहरूकाे छेऊ–छेऊमा बढिरहेकाे सर–सामानकाे भाउहरूले आकाश छुन लम्केकाे छ। तरपनि बाँच्नैपर्ने बाध्यता छ।
सेनाकाे भयले उज्यालाे विहानीदेखि रात्रिसम्म तर्साउछ, मन। यीनै चक्रमा पिल्सिरहेका छन्, बर्मेलीहरू। दशकाैँकाे संघर्ष सिञ्चेर ल्याएका नियम–कानूनकाे सत्ताले हजाराैँ मानव समुदाय जुर्मुराएका थिए। सैन्य सत्ताकाे सानाे गल्तीले कैयाैँकाे वर्तमान र भविष्यलाई तहस–नहस बनाएकाे छ।
बिग्रिँदै गएकाे बर्मेली–युगले शारिरीक र मनासिक यातना पाइरहेकाे छ। थान्टलाङ धुवाँका तुरवाँलाेहरूले अहिले प्रष्टै देखिएपनि वर्षाैदेखि तुवाँलाेभित्रै जलिरहेकाे थियाे। अहिले त बल्ल देखिएकाे मात्रै हाे।
थान्टलाङबासीकाे शरिरभरी पट्कियाे बम–बारूद र गाेली। तर चुपचाप निस्किएका धुवाँहरू। आफ्नाे घर जलेर पनि भन्न नसकेका ती पलहरू। छाेराछाेरी–पतिपत्नि– बुबाआमा– सबैसबैकाे हत्या हुँदा पनि केही भन्न नसकेका यी मुखहरू। साच्चै भन्ने हाे भने क्रूर सत्तालाई समना गर्दै आएका यी काँटेधार पलहरू। कुनै समय हावा नलागेर धूवाँ देखिएन। यी अदृश्य धुवाँ हामी सँगै थिए।
याे दुःखद कथा हाे। दिल–दिमागबाट निस्किएकाे बेदना हाे। दुख्छ। मुठ्ठि कस्सिएर दारा किटिन्छ, बारम्बार। हुनत यी धूवाँका मुस्लाहरू हाम्राे ताताे आँशुबाट वाफिएका धुवाँहरूजस्तै हुन्। आँगाेकाे मुस्लाेबाट मन–मनमा गुम्सिएका पीडाहरूकै आवाज हाे। यहाँ राेइरहेका गाउँ–बस्तीहरूकाे नाम भनिसाध्यै छैन।
वेदना र दाह्रा किटेका आवाजहरूले म्यान्मारकाे सिङ्गाे देशमै हाे–हल्ला मच्चाएकाे छ। यस्ताे परिस्थितिमा विश्व समुदायले के–कस्ता कदमहरू चालेका छन्? पहिलाे चरणमा अनेक विज्ञप्तिहरू प्रसार गरिए। तर समय घर्केसँगै उनीहरू सुनसान छन्। क्रूर सेनालाई समर्थन गर्दै आएकाे चीन माैन दर्शक बनेकाे छ।
आसियनका लागि इज्जत प्याराे कि क्रूरकाे समर्थक– दुईवटा विकल्पका प्रश्नहरूले घेरिएकाे छ। म्यान्मारकाे सैन्य सरकार अन्तर्राष्ट्रिय र क्षेत्रीय कूटनीतिमा असफलताहरू सामना गरिरहेकाे छ। देशमा जारी गृहयुद्धको अन्तिम लडाइँ प्रजातन्त्रवादीहरूले जित्न मात्रै बाँकी छ। शब्दमा भन्नुपर्दा– थान्टलाङ बस्तीमा झरिरहेका आँसु र पीडालाई बलको रूपमा प्रयोग गर्दै अन्तिम लडाइँमा जनताको एकतासँगै अधिनायकवादको अन्त्य हुने निश्चित छ।
म्यान्मारको सैन्य ‘जुन्ता’ सरकारले गत–साता आक्रमण गर्दा छिन् प्रान्तस्थित थान्टलाङमा बस्ती नै सखाप भएको छ। कथा म्यान्मार देशकै हाे। तर विम्ब चाहिँ थान्टलाङ बस्तीकाे प्रयाेग गरिएकाे छ।