‘म यस्तो गीत गाउँछु २’ माघ १९ गते रिलिज हुने 

फिल्म  ‘म यस्तो गीत गाउँछु २’ माघ १९गतेदेखि रिलिज हुने भएको छ। 

२०७६ फागुन ३० गते रिलिज हुने तयारीमा रहेको फिल्म माघमा रिलिज हुने निर्देशक सुदर्शन थापाले जानकारी दिए। कोरोनाको त्रासका कारण सिनेमा हल बन्द हुँदा फिल्म प्रदर्शनमा आउन नसकेको हो। 

सुदर्शन थापा र पूजा शर्माको निर्माण रहेको फिल्मका सह–निर्माता जन्म जय सम्पाङ राई हुन्।

फिल्ममा पूजा शर्मा, पल शाह, हरिहर शर्मा, दिनेश डीसी, राजा राजेन्द्र पोखरेल, गणेश गिरीलगायतको मुख्य भूमिका रहेको छ।


  

प्रकाशित मिति: : 2021-11-11 13:21:00

प्रतिकृया दिनुहोस्