लुम्बिनी प्रदेशमा तिहारकाे अवधिमा ४४ सवारी दुर्घटना, १२ जनाको मृत्यु

File Photo
File Photo

लुम्बिनी प्रदेशमा तिहारकाे अवधिमा मात्र सवारी दुर्घटनामा परी १२ जनाको मृत्यु भएको छ।

लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालय रुपन्देहीका अनुसार तिहार अवधि कार्तिक १५ देखि २१ गतेसम्म ४४ वटा सवारी साधन दुर्घटना हुँदा १२ जनाको मृत्यु भएको हो।

सोही अवधिमा सवारी दुर्घटनामा परी ३७ जना गम्भीर र २३ जना सामान्य घाइते भएका छन्।

प्रदेशका १२ जिल्ला मध्ये सबै भन्दा बढी रुपन्देहीमा तिहार अवधिमा सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको लुम्बिनी प्रदेश ट्राफिक प्रहरी कार्यालयका हवल्दार दुर्गा पोखरेलले बताए।

उनका अनुसार रुपन्देहीमा ५ वटा सवारी सधान दुर्घटनामा परेका थिए। त्यसपछि नवलपरासी पश्चिममा ९ वटा सवारी सधान दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ।

कपिलवस्तुमा ५ वटा, गुल्मीमा ४ वटा सवारी साधन दुर्घटना हुँदा एक/एक जनाको मृत्यु भएको छ।

त्यस्तै दाङ र बर्दियामा ५/५ वटा सवारी सधान दुर्घटनामा क्रमश २ जना र एक जनाको मृत्यु, बाँकेमा ८ वटा सवारी सधान दुर्घटनामा १ जनाको मृत्यु भएको छ।

प्युठान, रोल्पा, रुकुम पूर्वमा एक/एक वटा सवारी सधान दुर्घटना भएपनि मृत्यु भने कसैको भएको छैन। पाल्पा र अर्घाखाँचीमा भने सवारी साधन नै दुर्घटना नभएको ट्राफिक प्रहरी कार्यालयको तथ्यांकमा छ।

प्रकाशित मिति: : 2021-11-10 14:10:00

प्रतिकृया दिनुहोस्