कमजोर खुट्टाले बलियो बनायो डा. शर्मालाई (भिडियो)

देशसञ्चार

प्रतिभा चन्द

४३ वर्ष अगाडि पर्वतको पौडेल परिवारमा कान्छो छोराको जन्म भयो। बाल्यकाल उनको लाड–प्यारमै बित्यो। उनमा कुनै कमजोरी छ, कसैले भेउ पाएनन्। उनी उमेर सँगसँगै हलक्क बढ्दै थिए। एक दुई गर्दै पाइला चाल्दै गए।

बिस्तारै–बिस्तारै उनी हिँड्न सुरु गरे। तर अलि असामान्य तरिकाले। परिवारमा चिन्ता थपियो। छोराका खुट्टा के भए ! उनका खुट्टाले काम गर्न छाडेका थिए।

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका रेडियोलोजीका एसोसियट प्रोफेसर डा शर्मा पौडेललाई उपचारका लागि उनको परिवारले अनेक ठाउँ घुमाउन थाले। पोखरामा जचाउँदा चिकित्सकले यो सामान्य हो, मालिस गर्दा निको हुन्छ भन्दै कुनै पनि रोग खुट्याइदिएनन्। खुट्टा मालिस गर्नका लागि उनका परिवारका हातमा केही मलम थमाइदिए।

तर त्यो मलमले उनको रोग उन्नाइसको बीस भएन। परिवारमा चिन्ता बढ्दै गयो। डा. शर्माका माइला दाइ कामको सिलसिलामा भारतको दिल्लीमा बस्दै आएका थिए। उनै दाइले भाइलाई निको बनाउने विश्वासका साथ आफूसँगै भारत लिएर गए उपचार गर्नका लागि। नेपालमा राम्रो उपचार नपाएका डा. शर्मा निको हुने आशा बोकेर दाइसँगै भारततिर लागे।

प्रकाशित मिति: : 2021-11-08 20:15:00

प्रतिकृया दिनुहोस्