तिहारपछिको पहिलो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा दोहोरो अंकको गिरावट आएको छ। सोमबार नेप्से १९ दशमलव २० अंकले घटेर दुई हजार आठ सय २९ दशमलब ६५ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।
यस्तै, नेप्सेमा चार अर्ब ४२ करोड सात लाख बराबरको कारोबार भएको छ। कारोबार भएका तीन समूह बाहेक अन्य सबै समूह घटेका छन्। यस्तै, आज सबैभन्दा बढी कारोबार गर्नेमा महालक्ष्मी विकास बैंक रहेको छ। बैंकले ५२ करोडभन्दा बढीको कारोबार भएको छ।
नेप्सेका अनुसार आज फाइनान्स, म्युचल फण्ड र लगानी समूहको सूचकबाहेक सबै समूहको सूचक राता देखिएका छन्। कारोबारमा आएका कम्पनीमध्ये पाँच कम्पनीको सेयर मूल्यमा उच्च वृद्धि भएको छ। सेयर मूल्य उच्च वृद्धि हुनेमा साहस उर्जा कम्पनी, आइसीएफसी फाइनान्स, तेह्रथुम पावर कम्पनी, मानुषी लघुवित्त वित्तिय संस्था र महालक्ष्मी विकास बैंक रहेका छन्। यि सबै कम्पनीको सेयर मूल्य नौ देखि १० प्रतिशतसम्मको हाराहारीमा बढेको छ।
आज सबैभन्दा कम नोक्सान व्यहोर्नेमा सपोर्ट माइक्रोफाइनान्स वित्तिय संस्थाका लगानीकर्ता रहेका छन्। फाइनान्सको सेयर मूल्य झण्डै आठ प्रतिशतले घटेको छ।