मानव शरीरका लागि पानी एकदमै महत्वपूर्ण चिज हो। पानी बिनाको जीवन हामी बाच्ँन त के सोच्न पनि सक्दैनौँ। पानी हामीले सधैं प्रयोगमा ल्याइरहने कुरा भए पनि यो जटिल विषय हो। हाम्रो शरीरमा कति पानी चाहिन्छ वा पिउनुपर्छ भन्ने कुरा हाम्री बस्ने क्षेत्र, मौसम र शारीरिक बनोटको आधारमा पनि फरक हुने गर्छ। आयुर्वेदका अनुसार हाम्रो शरीरको केही प्राकृतिक आवश्यकता हुन्छ। जसलाई हामीले भोक प्यास, निद्रा, पिसाब र शौच आदिबाट संकेत पाउने गर्छौं। त्यसकारण जब तपाईंलाई भोक लाग्छ, खाना खानुहुन्छ। जब तपाईंलाई प्यास लाग्छ र पानी पिउनुहुन्छ। त्यसैले आज हामी चर्चा पानी पिउनुका फाइदाबारे।
शारीरिक क्रियाको लागि
पानी शरीरको हरेक कोशिकाको लागि महत्वपूर्ण तत्व हो। जो पोषक तत्वलाई शरीरको विभिन्न ठाउँमा सञ्चार गर्ने एवं त्यसको अवशोषण गर्ने कामको लागि महत्वपूर्ण छ। यसले सास लिने वा मल त्याग गर्ने जस्ता शरीरको विभिन्न क्रियालाई नियमित गर्न मद्धत गर्ने गर्छ।
शरीरमा ऊर्जाको स्तर बढाउँछ
पानीले शरीरमा ऊर्जाको स्तर बढाउन मद्धत गर्न गर्छ। दैनिक २ लिटर पानी पिउँदा ऊर्जाको स्तर ४०० जुल्ससम्म बढ्ने गर्छ। पानी त्यतिबेला धेरै पिउनु जरुरी हुन्छ, जतिबेला तपाईंहरु नियमित वर्क आउटमा निस्कनुहुन्छ।
दिमागको कार्य र मुडलाई ठीक राख्न
विभिन्न अध्ययनले यो देखाएको छ कि शरीरमा पानीको कमी हुनुको सम्बन्ध ज्ञान र अनुभूतिसँग समेत रहेको छ। साथमा पानी पिउनुले मान्छेलाई कुनै पनि ध्यानमा फोकस गर्न मद्धत गर्ने गर्छ। जसले व्यक्तिको शैक्षिक एवं अन्य कार्यमा समेत सफलता प्राप्त गर्न सजिलो बनाएको हुन्छ।
पाचन प्रणालीको सुधारको लागि
पानीले पाचन प्रणालीको प्रक्रियासँग जोडिएको एन्जाइमको संश्लेषित गर्न समेत मद्धत गर्ने गर्छ। पानी मान्छेको पाचन प्रणालीलाई सामान्य बनाउनको लागि सहयोगी हुन्छ। कब्जियत जस्ता समस्याको घरेलु उपचारको रुपमा पनि पानीलाई लिन सकिन्छ।
शरीरभित्रको शुद्धीको लागि
पानीमा रहेको अपशिष्ट पदार्थलाई शरीरबाहिर निस्कासित गर्नको लागि पनि पानीको सहयोग चाहिन्छ। यसले मललाई बाहिर पठाएर शरीरभित्रको शुद्धीमा सहयोग पु¥याउँछ।
छालाको लागि उपयुक्त हुन्छ पानी
पर्याप्त मात्रामा पानी पिउनुले छालामा हाइड्रेसन बढाउन सहयोग गर्छ। साथमा यसले छालाको फिजियोलोजी समेत बढी गराउन मद्धत गर्छ । जसका कारण छाला कोमल एवं मुलायम बन्छ।