एनआईसी एसिया लघुवित्तको लाभांश सुरक्षित गर्ने अन्तिम मौका आज 

Symbolic photo
Symbolic photo

 एनआईसी एसिया लघुवित्त वित्तीय संस्थाको लभांश सुरक्षित गर्ने आज सोमबार अन्तिम दिन रहेको छ। 

कम्पनीले साधारणसभा तथा लाभांश प्रयोजनार्थ २३ कात्तिकमा बुक क्लोज गर्ने भएको छ। यसर्थ, नेप्सेमा सोमबारसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन तथा लाभांश पाउन सक्नेछन्।

कम्पनीले गत आर्थिक वर्षको नाफाबाट यसले पाँच दशमलव ४१ प्रतिश नगद लाभांश वितरण गर्दै छ। कम्पनीले लाभांश प्रस्ताव पारित गर्न ५ मंसिरमा साधारणसभा आह्वान गरेको छ। कम्पनीको सभा धरान ब्यांकेट एन्ड इभेन्ट म्यानेजमेन्ट प्रालि, धरान उपमहानगरपालिका( १३ मा आयोजना हुनेछ। 

सभामा संस्थापक सेयरधनी समूहबाट चार जना र सर्वसाधारण समूहबाट दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने प्रस्ताव पनि छ। सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित पाँच दशमलव ४१ प्रतिशत अर्थात् नौ करोड ४१ लख ३ हजार ७०४ रुपैयाँ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।

प्रकाशित मिति: : 2021-11-08 11:34:00

प्रतिकृया दिनुहोस्