जलवायु सम्मेलन, डाइनोसर र मानिस

अनलाइनखबर

काठमाडौँ

सुन्नुहोस् मानिसहरू, प्रजातिको लोपबारे मलाई थाहा छ। मलाई बताउन दिनुहोस्। स्वाभाविक रूपमा तपाईंहरूलाई पनि थाहा छ कि लोप हुनु राम्रो कुरा होइन। तर आफैंलाई जानी-जानी समाप्त पार्ने ? सात करोड वर्षमा मैले सुनेको सबैभन्दा हास्यास्पद कुरो हो यो । हामीलाई त एउटा भन्ने बाटो छ। हाम्रो विनाशको कारण उल्का पिण्ड थियो। तर तपाईंहरूको बहाना चाहिं के ?

तपाईंहरू विनाशकारी जलवायु विपत्तितिर जाँदै हुनुहुन्छ। यस्तो अवस्थामा पनि सरकारहरू खरबौं रुपैयाँ जीवाष्म इन्धनमाथि अनुदान दिन खर्च गरिरहेका छन्। त्यो पैसाले अरू के गर्न सकिन्छ भनी सोच्नुभएको छ ? विश्वमा अहिले पनि चरम गरीबी छ। आफ्नो विनाशको लागि खर्च गर्नु भन्दा गरीबलाई सहयोग गर्नु ठूलो पुण्य कर्म जस्तो लाग्दैन तपाईंलाई ?

मलाई एकक्षण यथार्थ बोल्न दिनुस्। तपाईंलाई एउटा अद्वितीय अवसर प्राप्त भएको छ। महामारीको घाउ निको पार्न र अर्थनीति पुनर्निर्माण गर्न, मेरो एउटा सुझाव राम्ररी सुन्नुहोस्। लोप हुने बाटो कदापि नरोज्नुस्। बहाना बनाउन छोड्नुस्। आफ्नो जातिलाई लोप हुनबाट जोगाउनुस्। धन्यवाद!

स्कटल्याण्डमा २६औं अन्तर्राष्ट्रिय जलवायु सम्मेलन चलिरहेको थियो। सभाकक्षमा एक्कासी ‘डाइनोसर’ प्रवेश गर्‍यो। त्यो सीधै स्टेजमा गएर माइक समाएर भाषण गर्न थाल्यो। शुरूमा सहभागीहरू अत्तालिए जस्तो देखिए। तर भाषणको अन्त्यमा सबैले उठेर ताली बजाए। माथिका भनाइहरू त्यही ‘डाइनोसर’ का हुन्।

प्रकाशित मिति: : 2021-11-08 10:47:00

प्रतिकृया दिनुहोस्