दुई पटक ‘१७ साल’ ल्याएका ओलीको बार्दली बर्बराहट!

पहिलोपोष्ट

काठमाडौँ

२०१७ सालमा राजा महेन्द्रले जननिर्वाचित संसद् भंग गरेर ‘कु ’ गरेका थिए। त्यहीबेला प्रजातन्त्रको घाँटी निमोठियो र जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला जेल पुगे। प्रजातन्त्रको अन्त्य गरेर सुरु भएको निर्दलीय पञ्चायती व्यवस्था अन्त्य गर्न झन्डै ३० वर्ष लाग्यो। २०४६ सालको नागरिकको बलिदानीबाट बहुदलीय व्यवस्था पुनर्स्थापना भयो।

अन्यथा नभए यही '१७ साल' हुनुपर्छ, आइतबार पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सम्झेको मिति। एमाले हुँदैन थियो भने १७ साल अस्तिनै आइसक्थ्यो - कर्णाली प्रदेश सम्पर्क कमिटीको देउसी-भैलो कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले ठोकुवा गरे। एक पटकमात्रै होइन पटक पटक दोहोर्‍याउँदै। औँला ठड्याउँदै, मस्किँदै मस्किँदै।

'हामी हुँदैन थियौँ भने म साथीहरुलाई दाजुभाइ दिदीबहिनीहरूलाई भन्न चाहन्छु। हामी हुँदैन थियौँ भने एमाले हुँदैन थियो भने १७ साल अस्तिनै आइसक्थ्यो। अस्ति नै आइसक्थ्यो,' अध्यक्ष ओलीको दाबी थियो, 'तर यहाँ एमाले छ। त्यसकारण १७ साल आउन सक्दैन। ७ सालपछि १७ साल आइहाल्यो नि। आउँथ्यो यहाँ पनि।'

अब धेरै होइन १० महिना पछाडि फर्कौँ। जतिबेला ओली सत्तामा थिए - आफ्नो सत्ता जोगाउन र मनलाग्दी गर्न नपाउने भएपछि ५ पुस २०७७ मा ओलीले जननिर्वाचित संसद् भंग गरिदिए। अनि २०७८ वैशाख १७ र वैशाख २७ गते दुई चरणमा हुनेगरी प्रतिनिधि सभाको निर्वाचन पनि घोषणा गरे।

प्रकाशित मिति: : 2021-11-08 10:08:00

प्रतिकृया दिनुहोस्