इराककाे सरकारीनिवासमा ड्रोन आक्रमण, मुस्किलले जोगिए प्रधानमन्त्री अल–कादिमी

[File: Saul Loeb/ AFP]

इराकी प्रधानमन्त्री मुस्तफा अल-काधिमीकाे सरकारीनिवासमा एकाबिहानै ड्रोन आक्रमण भएको छ।

इराकी सेनाले प्रधानमन्त्री अल-काधिमीकाे हत्या गर्ने कोशिस भएको बताएको छ। प्रधानमन्त्री लक्षित ड्रोन आक्रमण राजधानी बगदादको 'ग्रीन–जोन'मा भएकाे हाे।

समाचार एजेन्सी रोयटर्सका अनुसार विस्फोटक पदार्थले भरिएको ड्रोन प्रधानमन्त्री अल-काधिमीकाे सरकारीनिवासमै खसेकाे थियाे। हत्या गर्ने प्रयास गरिए–पनि उनी पूर्णरूपमा सुरक्षित छ्न्। इराकी सेनाले हमलाबारे एक–विज्ञप्ति सार्वजनिक गरेपनि थप कुनै जानकारी गराएकाे छैन।

इराकी सरकारी अधिकारीहरूले प्रधानमन्त्रीनिवासमा विस्फोट भएको पुष्टि गर्दै प्रधानमन्त्री सकुशल रहेको बताएका छन्।

त्यस्तै, प्रधानमन्त्री अल–काधिमीले समेत आफ्नो आधिकारिक ट्विटर अकाउन्टबाट शान्तिको अपिल गर्दै आफू सुरक्षित रहेको जनाएका छन्।

ड्रोन आक्रमणकाे जिम्मेवारी अहिलेसम्म कुनै पनि संगठनले लिएको छैन। 'ग्रीन–जोन'मा बसोबास गर्ने पश्चिमी देशका कूटनीतिज्ञहरूले विस्फोट र गोलीको आवाज सुनेको बताएका छन्।

पछिल्ला केही दिनदेखि इरान समर्थित सशस्त्र संगठनका समर्थकहरूले 'ग्रीन जोन'बाहिर सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन्।

प्रकाशित मिति: : 2021-11-07 09:13:00

प्रतिकृया दिनुहोस्